घुम्ती शिबीरमा ५८ जनालाई नागरिकता

0
Shares

पर्वत ।
पर्वतको दक्षिणी क्षेत्र महाशिला गाउँपालिका वडा न ५ का सर्वसाधरणलाई लक्षित गरि वडा कार्यलयमा सञ्चालन गरिएको दुई दिने नागरिता घुम्ती शिविरबाट ५८ जना सर्वसाधरणले नागरिताको प्रमाणपत्र लिएका छन ।
लामो दुरी र समयका कारण ईलाका प्रशासन कार्यलय हुवास जान नपाएका सर्वसाधारलाई गाउमा नै सेवा दिने उदेश्यका साथ ईलाका प्रशासन कार्यलय हुवासको सहयोगमा सञ्चालन गरिएको घुम्ती शिबिरबाट ५८ जना सर्वसाधरणलाइ नागरिता वितरण गरेको वडा अध्यक्ष जिवन उच्चै ठकुरीले जानकारी दिनु भयो ।
शिविरबाट नागरिता प्राप्त गर्नेहरुले फोटो सहितको मतदाता नामावलीमा समेत नाम दर्ता गरिएको अध्यक्ष ठकुरीले बताउनुभयो । गाउँमा नै नागरिता पाउँदा सर्वसधारण खुशीले दङग भएका छन ।