यात्रुको सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष

0
Shares

पाल्पा ।
यात्रुहरुको सुरक्षित यात्राका लागि जिल्लाका विभिन्न स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
पहाडी जिल्ला पाल्पा, जिल्लामा धेरै प्रकारका दुर्घटना भइरहन्छन । चाडपर्वमा त झन यात्रुको चाप अनि ट्राफिक नियमको पनि वेवास्ता गर्ने जथाभावी यात्रु चढाउने, ओभरलोड गर्ने र सामान पनि सँगै वोक्ने गर्दा दुर्घटनाको संभावना वढछ नै ।

हिन्दुहरुका ठूला चाडपर्वहरु दशै तिहार नजिकिइरहेका वेला गर्दा यात्रुहरुको सुरक्षित यात्राका लागि जिल्लाका विभिन्न स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला सदरमुकाम तानसेनको बसपार्क, पूर्वी पाल्पाको रामपुर बसपार्क, वुटवल पोखरा खण्डमा पर्ने आर्यभञ्ज्याङ्ग, तानसेन तम्घास मार्गको हार्थाेक, तानसेन अर्घाखाँची अन्र्तगत पर्ने छहरा,तानसेन रामपुर खण्को तनहुँ तथा वाँसडारी झडेवा खण्डमा पर्ने सराई लगायतका क्षेत्रहरुमा यस्तो कक्ष संचालन गरिएको हो । ट्राफिक प्रहरी, जनपथ प्रहरी र नागरिकहरुको सक्रियतामा यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुग्नका लागि यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

चाडपर्वको समयमा अत्याधिक मात्रा सवारी साधन गुड्ने भएकाले दुर्घटना नहोस् भनी चालक, सहचालक र यात्रुहरुलाई सहयोग गर्नुको साथै चेतना फैलाउने उद्देश्यले जिल्लाका विभिन्न क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताए ।

दशैंको अवसरमा मान्यजनको हातबाट टिका र आर्शिवाद थाप्न स्वदेश तथा विदेशबाट आफ्नो जन्मघर फर्किने यात्रुहरुलाई सुरक्षित रुपमा घरमा पुग्ने वातावरण सिर्जना गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको हो ।

यात्रु सहायता कक्षबाट बिहान ५ बजेदेखि राती १० बजेसम्म निरन्तर रुपमा यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरिक्षक पोखरेलले बताए ।

यात्रुहरु पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर, अफ्ठ्यारोमा परेका यात्रुहरुलाई सहयोग गरी गन्तव्य सम्म पु¥याउने यात्रु सहायता कक्षबाट हुने प्रहरी उपरिक्षक पोखरेललको भनाइ छ ।

चाडपर्वको बेला यात्रुहरुको सुरक्षित यात्राका लागि नेपाल यातायात व्यवसायी महासंघ प्रदेश पाँच पनि प्रहरीसँग मिलेर काम गर्दै आएको छ । यात्रु कुनै कारणले बेखर्ची भएको छ, उसँग गन्तव्य सम्म पुग्ने पैसा छैन भने जिल्लास्थित यातायात समितिको कार्यालयबाट निःशुल्क टिकटको व्यवस्था गरिएको संयोजक डिलबहादुर ढुङ्गनाले बताए ।

चाडपर्वको समयमा सवारी साधन र यात्रुहरुको अत्याधिक भिड हुने भएकाले दुवै पक्षलाई व्यवस्थापन गर्ने, सवारी साधनको अत्याधिक गतिलाई नियन्त्रण गर्ने, ओभर लोड तथा सिट क्षमता भन्दा बढी यात्रुहरु ओसार पसार गर्न नदिने, यात्रुहरुलाई परेको पिरमर्कालाई सम्वोधन गरी सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने गरी छठ पर्वसम्म नागरिक सहायता कक्षलाई सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख डम्बर गिरीले बताए ।