धान खेति भन्दा तरकारीमा ५ गुणा बढी आम्दानी
यमलाल भुसाल, बुटवल ।
इजरायली प्रविधिको प्रयोग गरेर रुपन्देहीको सियारीमा व्यवसायीक तरकारी खेती शुरु गरिएको छ ।
सियारी गाउंपालिका वडा नम्बर ६ बर्दवामा सियारी कृषि फर्म स्थापना गरी व्यवसायीक रुपमा अर्गानिक तरकारी खेतीको शुरुवात गरिएको हो ।
रुपन्देहीका यातायात व्यवसायी मित्रबन्दु न्यौपाने, दुर्गा पन्थ तथ बैकर्स कलाधर पाण्डे, र क्षितिज भुसालले २० लाख लगानीमा व्यवसायीक तरकारी खेती गरेका हुन् ।
व्यवसायिक कृषि उत्पादनबाट पनि आँम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यले ३ विघा जमिनमा व्यवसायीक तरकारी उत्पादन शुरु गरिएकोे उनीहरुले बताएका छन ।

यातायात र बैंकर्स क्षेत्रका चारजनाले कृषिमा भविष्य देखेर लगानी गरिएको बताएका छन । एक वर्ष अघिदेखि शुरु गरिएको उक्त ३ विघा जमिनमा अहिले करेला, वोडी र टमाटर उत्पादन भैरहेको छ । पांच विघा जमिनमा तरकारी खेती र २ विघा जमिनमा टर्की चरा पाल्ने योजना रहेको सियारी कृषि फर्म सञ्चालक मित्रबन्दु न्यौपानेले बताउनु भयो ।
पहिलो सिजनमा नै ८० टन टामाटर, १० टन करेला र ११ टन बोडी उत्पादन गरी विक्री गरिएको न्यौपानेले बताउनु भयो ।
सरकारले कृषिलाई प्रोत्सान स्वरुप सहुलियतमा ऋण र अनुदान दिने भनेपनि कुनैपनि सरकारी सहुलियत र ऋण नलिएको कृषि फर्म सञ्चालक न्यौपानले बताउनु भयो । स्वचालित थोपा सिंचाईको माध्यम र इजरायी प्रविधिबाट तरकारी उत्पादन गरिएको हो । सोंचे जस्तो तरकारी उत्पादन गरिएपनि तरकारीले बजार र मुल्य नपाएकाउनीहरुको गुनासो रहेको छ ।
कृषि उत्पादनको राज्यले मुल्य निर्धारण गरी वजारी करणको व्यवस्था गर्दिनुपर्ने कृषकहरुको माग छ ।
कृषि फर्म सञ्चालकहरुका अनुसार अर्गानिक तरकारी उत्पादन गरिएपनि भारतीय उत्पादनसंग अस्वस्थ्य प्रतिष्पर्दा गर्दा उत्पादन मुल्य भन्दा कममा विक्री गर्न बाध्य हुनु परेको तितो यर्थाथता सुनाउनु हुन्छ ।
टमाटर प्रति किलो १२, करेला प्रतिकिलो २७ र वोडी प्रतिकिलो ४० रुपैंयाका दरले विक्री गरिएको छ । कृषी फर्महरुले सस्तो मुल्यमा तरकारी बजारमा पठाएपनि उपभोक्ताले महङ्को मुल्यमा किन्नु पर्ने बाध्यकारी अवस्था छ । कृषि उत्पादक किसानहरुले मुल्य नपाउने, महङ्को मुल्यमा उपभोक्ताले किन्नुपर्ने बाध्यता र विचौलीयाको हालीमुहालीलाई राज्यले रोक्नुपर्ने किसानहरुले माग गर्दै आएका छन् ।
रुपन्देहीमा कृषि उत्पादन फस्टाउने भएपनि लगानीको अभाव र राज्यबाट किसानहरुले सुहुलियत पाउन नसकेकाले समस्या झेल्नु परेको कृषक दुर्गा पन्थले बताउनु भयो । यायातायात व्यवसाय छाडेर कृषि पेशामा लागेका न्यौपानेले ग्रिन प्लान्ट अनुसार हाईटेक प्रविधिबाट विषाधी प्रयोग नगरी उत्पादन गरिएको तरकारीले पनि बजार नपाएको गुनासो गर्नु भयो ।
उहाँले कृषिलाई राज्यले विद्युत, पानी, सडकको समेत सहुलियत दिनुपर्ने बताउनु भयो ।
यस अधि धानको खेति गदै आउनु भएका न्यौपानेले धानवाट भन्दा तरकारीवाट ५ गुणा बढी आम्दानी हुन गरेको बताउनु भयो ।
सरकारले विचौलियाको अन्त्य गरी किसानको लागत अनुसारको मुल्य तय गरिदिनु पर्नेमाग उहाँहरुको छ ।











प्रतिक्रिया