भ्रमणका लागि रकम भुक्तानि नगरेको भन्दै विश्वविद्यालयमा तालाबन्दी

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा विज्ञान संकायका विद्यार्थीहरुले भ्रमण जाने रकम निकासा नगरेको भन्दै तालाबन्दी तथा विभागिय प्रमुखको कुर्सी तोडफोड गरेका छन् । विज्ञान संकायका विद्यार्थीहरुलाई भ्रमण लैजाने पक्का पक्की गरिसके पछि विभागिय प्रमुखले प्रसासन बाट हस्ताक्षर भएको चेक दिन अटेरि गर्दा विद्यार्थीहरु आक्रोसित भएका हुन् ।

यस अघि भ्रमण लैजान दर्जनौ पटक बार्ता भएको र अन्ततः असोज २५ गते भ्रमण जाने सहमतिमा बजेट निकासा गर्ने कुरा मिलेको भएपनी मंगलबार बसभाडाको लागि अग्रीम भुक्तानी दिन पैसा नपाए पछि बिद्यार्थीहरुले तालाबन्दी गरेको एकजना विद्यार्थी भोजराज पन्तले बताए ।

विज्ञान संकायका बिभागिय प्रमुख गोबिन्द ढुङ्गानाले मनोमानी गर्दै प्रसासन बाट हस्ताक्षरित गरेको चेक खल्तिमा बोकेर बाहिर हिडेको विद्यार्थीहरुको आरोप छ । चेतावनी स्वरुप मंगलबार कुर्सी मात्रै तोडफोड गरेर ताला लगाएका विद्यार्थीहरुले बिभागिय प्रमुख ढुङ्गानाको तत्काल राजिनामा माग गरेका छन् । आफ्ना मागहरु पूरा नभए थप आन्दोलनमा जाने समेत विद्यार्थीहरुले चेतावनि दिएका छन् ।