लमजुङकी चेली मुम्बई र दिल्लीमा पुरस्कृत


लमजुङ, (नेस)। लमजुङकी उदीयमान अभिनेतृ कृति गौतम मुम्बई र नयाँदिल्लीमा पुरस्कृत भएकी छन्।

फिल्म हाम्रो आँखा कहिले खुल्छको प्रदर्शनी तथा पुरस्कार वितरण समारोहमा मुम्बईमा निर्माता एवं अभिनेता पँर्ण परियार र छायांकार कृष्ण पाण्डे तथा दिल्लीमा भएको कार्यक्रममा अभिनेतृ कृति गौतमले पुरस्कार ग्रहण गरे। नयाँ दिल्लीमा आयोजित दोस्रो सिने प्रिमियरइन्डाइ सर्ट फिल्म उत्सवमा उत्कृष्ट लघु फिल्म र उत्कृष्ट निर्देशन विधामा पुरस्कृत भएको हो। कृति गौतम बेंसीशहर नगरपालिका–८ की हुन्।

उनी गत वर्ष मात्र एसईई परीक्षा उत्तीर्ण गरी अभिनयमा लागेकी हुन्। त्यसो त स्कुले जीवनमै उनले लिटिल मिस लमजुङ–२०१५ को उपाधि जितेकी थिइन्। बेंसीशहर नगरपालिका–१० बाँझाखेत लेतेफाँटका युवा पँर्ण परियारले निर्माण गरेको फिल्म केही महिनाअघि मात्रै युट्युबमार्फत सार्वजनिक गरिएको छ।