बुगीउगीपछि भिडियोमा सृष्टि र रविन


अन्तर्राष्ट्रिय डान्स टेलिभिजन रियालिटी शो बुगीउगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका कलाकार सृष्टी महर्जन र रविन भुजेलद्वारा अभिनित रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोनन सुब्बाको स्वर रहेको सुन न मैया बोलको गीतको म्युजिक भिडियो विकास सुवेदीले निर्देशन गरेका छन्। गीतमा बाबु बोगटीको शब्द र संगीत रहेको छ।

सुवेदीकै कन्सेप्ट रहेको भिडियोले काठमाडौंका घरबेटी र सडकको अवस्थालाई ब्यङ्ग्य प्रहार गरेको छ। रमाइलो शैलीमा तयार पारिएको भिडियोमा रविन र सृष्टि दुवैको डान्सलाई प्राथमिकता दिइएको छ। बुगीउगीमा सर्वाधिक रुचाइए पनि उत्कृष्ट ५ बाट बाहिरिएका यी कलाकारले भिडियोमा आफ्नो कलामय जादु छरेका छन्। बुगीउगी पहिलो भिडियो भएकाले पनि रविन र सृष्टि दुवै उत्साहित देखिएका छन्।

निर्देशक सुवेदीले गीतको भावअनुरूप नै भिडियो तयार गरेको बताएका छन्। गीतको सबै पक्ष अब्बल रहेकाले दर्शकले मन पाराउनेमा गायक रोनन निकै आशावादी देखिएका छन्। भिडियोमा अनिल के मानन्धरको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र रोहिया महर्जनको कोरियोग्राफी रहेको छ।