जन्मदिनमा गायक पोखरेलले विद्यार्थीलाई गरे सहयोग

0
Shares

हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा अनाथ, अपांग, वृद्ववृद्वा र असहायलाई सहयोग गर्दै आएका गायक सीताराम पोखरेलले यस वर्ष जन्मदिनको अवसरमा छात्र सरोज शाहलाई आर्थिक सहयोग गरेका छन्। पोखरेलले सीटीटीई कलेज तीनकुनेमा अध्यनरत सरोज शाहलाई १५ हजार रुपियाँ सहयोग गरेका हुन्।

श्रीमती रमा पोखरेल तथा सुविधाविहीनका लागि सीप र शिक्षाका अध्यक्ष सुधालाल मुल्मी, कार्यक्रम व्यवस्थापक मनोहर कार्कीको उपस्थितिमा पोखरेलले रकम सहयोग गरेका हुन्।