जिम जान लाखको ज्याकेट !

0
Shares

बलिउड नायिका करिना कपुरलाई बलिउडमा स्टाइलिस हिरोइन मानिन्छ। उनलाई फेशन आइकन पनि मानिन्छ।

आमा बनिसकेपछि उनको वजन बढे पनि आफूलाई मेन्टेन गरेर पहिलेकैरूपमा फर्काउन सफल करिना अहिले पनि उत्तिकै हट छिन्, जस्तो उनी आमा बन्नुअघि थिइन्।

उनै करिनाले लगाउने गरेको एक ज्याकेटले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। जुन ज्याकेट उनी योग स्टुडियो र जिम गर्न जाँदा लगाउँछिन्। उक्त ज्याकेटले स्टाइलका कारणभन्दा पनि त्यसको मूल्यको कारण चर्चा पाएको हो। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार हेर्दा सामान्य जस्तो लाग्ने उनले लगाउने गरेको यो ज्याकेटको मूल्य एक लाख भारतीय रुपैयाँ हो।