मायाको चेक सार्वजनिक

0
Shares

भक्तपुर, (नेस)। गायक कपिल कसपालको मायाको चेक बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा स्वर, शब्द र संगीत कसपालको रहेको छ। गीतमा सन्ध्या बुढा (काउली बुढी) ले समेत स्वर दिएकी छिन्। यसको म्युजिक भिडियोमा नयन डीसी र सृष्टि खड्काले अभिनय गरेका छन् भने निर्देशन कसपालले नै गरेका छन्। नृत्य संयोजन बुगिवुगीका नृत्य निर्देशक प्रशान्त तामाङले गरेका छन्। राग–रागीनी इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा तयार पारिएको गीत र म्युजिक भिडियोले जीवनलाई मनोरञ्जनात्मकरूपमा अगाडि लैजानुपर्ने सन्देश दिएको छ।

कार्यक्रममा गायिका काउली बुढीले सञ्चालनमा ल्याएको आफ्नै युट्युब च्यानल काउली बुढी शोबाट गीत सार्वजनिक गरिएको थियो। काउली बुढीले मायाको चेकले युवाको मन जित्न सक्ने दाबी गरिन्। गीत डान्सिङ बिटमा निर्माण भएकाले सबै उमेर समूहको रोजाइमा पर्ने कसपालले आशा व्यक्त गरे।