दशैं तिहार विशेष गित “तिम्रो सिन्दुर” सार्वजनिक


नेपाल समाचारपत्र,
मोफसलमा रहेर बिगत १५ बर्षदेखी पत्रकारिता गरिरहेका पत्रकार धनवीर दाहालको शब्दमा रहेको अत्यन्तै मार्मिक दशैं तिहार गित सार्वजनिक भएको छ । बिदेशिएका नेपालीको पिडा र घरमा परिवारले पाएको दुख्खलाई समेटेर गित तयार पारिएको हो । चाडपर्वको बेला बिशेष गरी परिवार जमघट भएर सुख्ख दुख्ख साट्ने प्रचलन छ । यस्तो अवस्थामा पनि सँगै नहुँदा परिवारलाई र बिदेशमा रहेको व्यक्तिलाई कस्तो हुन्छ होला ? यि र यस्तै भावना समेटेर गित लेखिएको सर्जक दाहालले बताए ।

भावना म्युजिक सोलुसनको प्रस्तुतीमा सिता धितालको सो दशैं तिहार गितमा लोकगायक अमितबावु रोका र सन्ध्या बुढा (काउली बुढी)ले स्वर दिएका छन् । रेमो याज रैन घर्ती मगरको लयमा रहेको गितमा दिलिप उपाध्याय, भुवन चौधरी, जुना गुरुङ, दिपिका बानिया लगाएतले अभिनय गरेका छन् । गित म्युजिक नेपालको युटुव च्यानल बाट सार्वजनिक भएको छ ।

भिडियो