सत्तापक्षले खोस्या जागिर


सत्तापक्षका गतिविधीलाई सधै नजिकबाट नियाल्ने, ठूलो गल्ती त के सामान्य गल्तीको गन्ध पाउना साथ विरोधको स्वर चर्काउने काम प्रतिपक्षी दलको हो । सरकारले जनहित विपरितका काम गर्ने सामान्य सुइँको मात्रै पायो भने तत्कालै खवरदारीमा उत्रिने प्रतिपक्षी नै हो ।

तर मुलुकको अहिलेको अवस्था नियाल्दा प्रतिपक्षी दल पनि छ र भन्नेहरु धेरै छन् । कम्रेड ओलीको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेपछि प्रतिपक्षी काँग्रेसको सातो पुत्लो गा हो कि के भा हो बुझ्न गाह्रो छ । सो दलका नेताहरु काँग्रेस मुलुककै सशक्त र प्रजातान्त्रिक इतिहास बोकेको पार्टी भन्न पछि पर्दैनन् । तर खै सडक, संसद र कहिपनि त्यस्तो अनुभूत गर्न पाइन्न ।

काँग्रेसको यस्तो हविगत देखेर हो क्यार, अहिले सत्तापक्ष नेताहरु काँग्रेसको भूमिकामा उत्रिन थाल्या छन् । वर्तमान सरकार गठन भए लगत्तै बरिष्ठ नेता खनाल, गोर्खाली काजीले काँग्रेसलाई सघाउन शुरु गरेको लहर अहिले ह्वात्तै बढ्या छ । अर्का बरिष्ठ नेपाल केही दिन अघि खुलेआम कड्किएको आवाज उता अमेरिका पुगेछ क्यार उतैबाट ओलीले वाकयुद्ध शुरु गरिहाले । तर नेपाललाई साथ दिनेहरुको लर्को राम्रै छ भन्ने बुझेर हो क्यार ओली केही ब्याक भएको धरहराले बुझ्या छ ।

सत्तापक्ष नेताहरुले खुलेआम आफ्नो जागिर खोसेपछि बबुरो काँग्रेसका नेतालाई ठूलै टेन्सन भा छ । अब आफ्नो बोली कसरी विकाउने भन्ने ठूलो खटपटी उनलाई शुरु भएको धरहराले देख्या छ ।