कैलालीमा बस दुर्घटना हुँदा एकको मृत्यु

0
Shares

कैलाली ।
कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका ४ की ईश्वरी विनाडी रहेकी छिन् ।
धनगढीबाट टीकापुरतर्फ गइरहेको से १ ख १०२५ नम्बरको बस गोदावरी नगरपालिका ९ बल्मीमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते विनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको हो भने अन्य केही यात्रुसमेत घाइते भएका छन् ।
उनीहरुको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।