यमलाल भुसाल, बुटवल ।
सीमा क्षेत्रमा हुने तस्करी तथा अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमा सुरक्षा बल रुपन्देहीले नयाँ अभियान शुरू गरेको छ ।
सीमा अपराध तथा कालाबजारी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल कडाइका साथ लागेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भैरहवाले जनाएको छ ।
जिल्लाका सबै क्षेत्रमा तस्करी तथा कालोबजारी रोकथामका लागी मोवाइल गस्ती, घुम्ति चेकजाँच, सादा पोशाकको विशेष टोली परिचालन, स्थानीयहरुसँग सहकार्य र सञ्चारकर्मीसँग छलफल लगायतका अभियान शुरु गरिएकोे सशस्त्र प्रहरी बल गुल्म भैरहवाका प्रमुख सशस्त्र प्रहरी नायक उपरीक्षक गोविन्द बहादुर खाँतीले बताउनु भयो ।
चाडपर्वको समयमा तस्करहरु बढी सलबलाउने भएकाले यसलाई पुर्ण नियन्त्रण गर्ने प्रयासमा आफूहरु लागेको भन्दै खाँतीले रुपन्देही जिल्ला अबका केही समयपछि तस्करी शुन्य गराउने अभियानमा रहेको जनाएको छ ।
स्थानिय समेत सशस्त्रको नयाँ अभियानबाट खुसी भएका छन । बेलहियाँ गाँउ समाजका निर्वतमान अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्च रुपन्देहीका अध्यक्ष सुरेन्द्र क्षेत्रीले तस्कर र सीमा अपराध रोकथाममा आफूहरुको सहयोग हुने बताउनु भयो । भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले सशस्त्र प्रहरीले थालेको अभियानले भन्सार राजस्व बढेको बताउनु भयो ।
यसैबीच असोजमा मात्र ५ लाखभन्दा बढी को अवैध सामान बरामद गरेको थियो । असोज ७ गते खाँतीको नेतृत्वमा बेलहिया क्षेत्रबाट खटेको टोली भन्सार छली ल्याएको २ लाख ५७ हजार मूल्य बराबरको लत्ता, कपडा ,किराना समान र स्टेशनरी बरामद गरेको थिया । यस्तै भारतबाट आएको २१ बोरा प्लास्टिक समान बरामद गरि राजस्व अनुसन्धान कार्यालय रुपन्देहीमा पठाइएको छ ।











प्रतिक्रिया