नाट्टा र सोट्टोबीच एकता प्रक्रिया

0
Shares

काठमाडौँ ।
नेपाल एशोसियशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा) र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर नेपाल (सोट्टो) बीच एकता प्रक्रिया थालिएको छ ।

मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका र समान उद्देश्य भएका नाट्टा र सोट्टोबीच एकता प्रक्रिया थालिएको हो । एकता समितिको आज बसेको बैठकले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि एक भएर अगाडि बढ्न चाँडो एकता गर्ने निर्णय गरेको हो । बैठकले जिडिएस सिस्टममा देखिएका समस्याको समाधान गर्न, इ–सेवाले व्यवसायमा पारेको नकारात्मक प्रभाव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा एक भएर अगाडि बढ्ने विषयमा छलफल भएको नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागार्इंले जानकारी दिनुभयो ।

“सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारले राखेको लक्ष्य पूरा गर्नका लागि हामी एक भएर अगाडि बढाउनका लागि एकता प्रक्रिया शुरु गरेका हौँ,”–उहाँले भन्नुभयो । वार्तामा नाट्टाका प्रथम उपाध्यक्ष गुरागार्इं, सह–कोषाध्यक्ष सुरेन्द्र भट्टराई, सोट्टोका प्रथम उपाध्यक्ष अनिल लामा, महासचिव मधुसुदन उपाध्याय र सह– कोषाध्यक्ष मानबहादुर शाहीको सहभागिता रहेको थियो ।
रासस