दोहोरो अङ्कले आरालो लाग्यो शेयर बजार

0
Shares

काठमाडौँ ।
धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८।०४ बिन्दुले घटेर एक हजार २३८।६७ पुगेको छ । आइतबार जस्तै आज पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४।२९ बिन्दुले घटेर २६२।८० बिन्दुमा पुगेको छ ।

कारोबार रकममा समेत आज गिरावट आएको स्टकले जनाएको छ । कूल १६५ कम्पनीको १७ लाख ६१ हजार ८१७ कित्ता शेयर रु ५३ करोड ९६ लाख तीन हजार ९३५ मूल्यमा खरीद बिक्री भएको हो ।

उत्पादन उपसमूहको शेयर मूल्यमा वृद्धि भएपनि अन्य शेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६।८ बिन्दुले बढ्दा आज व्यापार समूहको भने कुनै पनि शेयर कारोबार भएन । बैङ्किङ १९।८५, होटल १८।२६, विकास बैङ्क २९।७३, जलविद्युत् ८।९१, वित्त १।५९, निर्जीवन बीमा ७१।७३, अन्य ६।४, माइक्रोफाइनान्स १८।७२ र जीवन बीमा ७८।५६ बिन्दुले घटेको छ ।
रासस