रेश्माको खै किन


गायिका रेश्मा केसीले नयाँ गीत खै किन हो म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्। डान्सिङ बिटमा रहेको गीतमा शब्द तथा संगीत सुशील पंगेनीको रहेको छ।

म्युजिक भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन् भने कमल एक्छाई मगरले निर्देशन गरेका छन्। भिडियोमा नायिका नीता ढुंगाना र जीवन गिरीको अभिनय रहेको छ। भिडियो यूएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक
गरिएको हो।