बैंक तथा वित्तीय संस्थामा करिब २५ खर्ब निक्षेप


नेपाल समाचारपत्र, काठमाडौं
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनभन्दा कर्जा लगानी बढी देखिएको छ ।साउन र भदौ महिनामा ३७ अर्ब निक्षेप संकलन हु“दा कर्जा लगानी ७३ अर्ब रुपिया“ रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म २४ खर्ब २२ अर्ब कर्जा प्रवाह भएकोमा चालू आवको पहिलो दुई महिनामा २४ खर्ब ९५ अर्ब रुपिया“ रहेको पुगेको छ ।
त्यस्तैगरी चालू आवको दुई महिनासम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २८ खर्ब ७३ अर्ब पुगेको छ । गत आवको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाले २८ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेका थिए ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढ्न गए पनि कर्जा लगानीको अनुपातमा निक्षेप संकलन हुन सकेको छैन । भदौ महिनासम्म ७३ अर्ब कर्जा लगानी हु“दा ३७ अर्ब कर्जामात्रै निक्षेप संकलन भएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको अहिलेको अवस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकका बेला ऋण लगानीमा केही चाप पर्ने देखिन्छ । गत वर्ष पनि यस किसिमको चाप परेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप यस चालू आर्थिक वर्षको पहिलो महिना साउनमा शून्य दशमलव ४ प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७ दशमलव ३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ८ प्रतिशत, ३४ दशमलव ५ प्रतिशत र ४६ दशमलव ४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७ दशमलव ८ प्रतिशत, ३५ दशमलव ३ प्रतिशत र ४३ दशमलव २ प्रतिशत रहेको थियो ।
साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपकर्ताको निक्षेप ४४ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा चालू आवको पहिलो महिनामा कर्जा शून्य दशमलव ७ प्रतिशतले बढेको छ । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह शून्य दशमलव ८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको शून्य दशमलव २ प्रतिशत र वित्त कम्पनीहरुको शून्य दशमलव ५ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलव ६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २ दशमलव ४ प्रतिशतले, ट्रष्ट रिसिप्ट (आयात) कर्जा १.९ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा २ दशमलव २ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) शून्य दशमलव ६ प्रतिशतले तथा हायर पर्चेज कर्जा १ दशमलव ४ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १ दशमलव ७ प्रतिशतले तथा मार्जिन प्रकृति कर्जा २ दशमलव ३ प्रतिशतले घटेको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकले आइतबार एक साताका लागि ५ अर्ब रुपिया“ रिभर्स रिपो जारी गर्ने भएको छ भने सोमबार ९१ दिने र १८२ दिने ट्रेजरी बिल पनि जारी गर्ने भएको छ । उता चालू आर्थिक वर्षको दुई महिनामा २ प्रतिशतमात्रै पु“जीगत खर्च भएको छ ।

सो अवधिमा चालू खर्च ९६ अर्ब २५ करोड भएको छ । गत आवमा त्यस्तो खर्च १ खर्ब १९ अर्ब १८ करोड रहेको थियो । चालू आवमा ५ अर्ब ८५ करोड पु“जीगत खर्च भएको छ । गत आवमा ४ अर्ब २७ करोड खर्च भएको थियो । यस्तै वित्तीय व्यवस्थातर्फ चालू आवमा १ अर्ब १८ करोडभएको छ । गत आवमा त्यस्तो व्यवस्था ८२ करोड मात्रै भएको थियो ।