देश कतिसम्म डुब्नुपर्ने हो र ?


नेकपाका नेता माधवकुमार नेपाल पनि साह्रै अप्ठयारा मान्छे । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल स्वदेश नभएको बेला भाउँतो गर्ने हो त ! आफ्नो लबीका मान्छे बोलार ? अनि दुनियाँ हँसाउँदै संसद्बाटै दुई तिहाई सरकारको भण्डाफोर गर्ने हो त ?

कतिपयले उहाँको कदमलाई कायरताको अभिव्यक्ति भनेका छन् दुवै अध्यक्ष नभएको बेला भेला बोलार गर्नु नगर्नु गरेकाले । गर्नैपरे पनि दुवैजना स्वदेशमै भएका बेला गर्नुपथ्र्यो नि भन्ने त धरहरालाई पनि नलागेको होइन । उता प्रधानमन्त्री केपी कण पनि के कम र ! राष्ट्राको बेइज्जत गर्दै विदेशमा छु भन्ने भुलेर डोनाल्ड ट्रम्पको गाउँबाट चिच्याएको सुन्दा धरहरालाई झ्वाँक चलेको छ । देश डुब्दैन र देश डुब्या छैन रे ? कति डुब्न पर्ने हो र देश ?

घाँटी–घाँटी त डुबिसक्यो अब टाउको पूरै डुबेपछि डुबेको मान्ने हो कि !? अस्तिताका डा.गोविन्द केसीको अनसनले झण्डै दुई तिहाई नै डुबिसकेको थियो । सुनकाण्डका गोरेहरू सुन पानी छर्कदैँ धमाधम छुटिरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्या अनि देशमा भइरहेका अन्य बलात्कार र हत्याका घटनाले देश नडुबेको भए के भा हो त ? उत्रेको ? बोल्नु र जनतामा भ्रम छर्नुको पनि हद हुन्छ नि प्रमज्यू ? कि अमेरिकाको नेपाली अनुवाद बिग्रेको हो ?