चाडपर्व नजिकिएसंगै बजार अनुगमनमा तिव्रता

470
Shares

नेपाल समाचारपत्र, प्युठान ।
प्युठानमा चाडपर्व नजिकिएसंगै बजार अनुगमनलाई तिव्रता दिईएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयले जिल्लाका मुख्य व्यपारिक केन्द्र बाग्दुला, विजुवार, जुम्री लगाएतका स्थानमा रहेका विक्रि स्थल, गोदाम, उद्योगको निरिक्षण गरिएको थियो । पसल तथा होटलमा साईनवार्ड, दर्ता नवीकरण, सरसफाई, लगाएतको अनुगमन गरिएको हो ।

बजार अनुगमन निरन्तर प्रक्रिया भएको प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । उनले भने,‘स्थानिय तहको समन्वयमा हामी बजार अनुगमन गरिरहेका छौँ ।’ शुरुमा मुख्य बजार केन्द्रबाट शुरु गरिएको अनुगमन प्रक्रिया विस्तारै गाउँस्तरमा समेत लैजाने प्रजिअ गैरेले बताए । हाँल प्रशासनले पहिलो चरणलाई जैविक उपभोग्य पदार्थ, मदिराको अनुगमन वढी मात्रामा गरेको छ भने यस लगत्तै अरु पदार्थको पनि अनुगमन गरिने उनले जानकारी दिए । चाडपर्वको बेला मदिराका कारण धेरै घट्ना घट्ने हुनाले यसलाई प्राथमिकता दिएर लागेको उनले बताए ।


जिल्लाको मुख्य ३ वटा बजार केन्द्रमा छुट्टाछुट्टै समुह बनाई अनुगमन गरिएको हो । यो अनुगमन चाडपर्वलाई लक्षित गरि गरिएकोले पहिलो चरणमा व्यापारीहरुलाई सल्लाह सुझाव दिईएको टोलीमा संग्लन घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख कृष्ण प्रसाद पाख्रेलले बताए । उनले भने,‘हामी पहिलो चरणमा व्यपारीलाई सल्लाह सुझाव मात्र दिएका छौँ । ’मुख्य व्यपारिक केन्द्र बाग्दुलामा वढी समय देखि म्याद गएका सामानहरुलाई व्यवस्थापन समेत गरिएको पोख्रेलले बताए ।

जिल्लामा चाडपर्व नजिकिदै जादा बजार अनुगमनलाई मुख्य व्यपारिक केन्द्र संगै अरु स्थानमा समेत बजार अनुगमन गरिने प्रजिअ घिमिरेले जानकारी दिए । जिल्ला प्रशासनले घरेलु मदिरालाई समेत कडाई गरेको छ । चाडपर्वको समयमा घरेलु रक्सी सेवन वढी हुने भएकाले यसलाई कडाई गरेको प्रजिअ गैरेले बताए । उनले भने,‘यही भदौ २० देखी मदिरामा कडाई गरेका छौ । ’ मदिरा सेवनकै कारणले जिल्लामा धेरै घट्ना घट्ने पाईएकोले यसलाई पनि कडाईपूर्वक नियन्त्रण गर्न प्रशासन लागि परेको उनले जानकारि दिए । बजार अनुगमन १÷१ हप्तामा गरिने समेत उनले जानकारी दिए ।