इनोभेसन अवार्ड वितरण कार्यक्रम सम्पन्न

0
Shares

काठमान्डौँ ।

काठमान्डौँमा अाज एक कार्यक्रम बीच तीन फरक कम्पनिहरूलाई ईनोभेसन अवार्ड प्रदान गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना एवम् सीबीएम् र डिआरपीआइसंगको साझेदारीमा सञ्चालित कार्यक्रममा पहुँचयुक्तता तर्फको अवार्ड काठमान्डौ बागबजार स्थित होटेल हार्दिक एवम् चन्द्रागिरि हिल्सलाई एवम् समावेशी रोजगारी तर्फको अवार्ड खेम्स क्लिनिङलाई दिइएको हो ।


अवार्ड दिँदै नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागिरक मन्त्रालय मन्त्री थममाया थापाले यस किसिमका कार्यबाट अन्य निकायलाई समेत अपाङ्गता भएका व्यक्तिहरूलाई थप सेवा पुर्याउने काम गर्न उर्जा मिल्ने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर बनाइएका संरचना तथा सेवाहरू उनीहरूका लागि मात्र नभई अन्य व्यक्तिका लागि समेत उपयोगी हुने कुरा बताउँदै यस किसिमका क्रियाकलापमा नेपाल सरकारले समेत आफ्नो तर्फबाट पहल गर्ने र यस किसिमका कार्य गर्ने संस्था एवम् व्यक्तिलाई सघाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष सुदर्सन सुबेदी, योर्क युनिभर्सिटि क्यानडाका प्रोफेसर मार्सिया, सीबीएमका राष्ट्रिय निर्देशक सुरज सिग्देल, दुर्सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्द राज खनाल, मानव संसाेधन समाजका उपाध्यक्ष बिन्दु भट्टराई लगायतले बोल्दै यस किसिमका पहलबाट विभिन्न तहमा काम गरिरहेका सरोकारवालाहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा परिवर्तन देखिने गरी काम गर्न साँच्चिकै उर्जा प्रदान गरेको बताउनु भएको थियो ।