तलब नपाउँदा कर्मचारीको बेहाल

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
देशमा तीन तहमा कर्मचारी समायोजन भएपनि पर्सामा भने कर्मचारीहरुले तलब समेत नपाएको गुनासो गरेका छन्।
जिल्लाको तीन सय ८० जना निजामती कर्मचारीहरुले बिगत तीन महिना देखि तलब नपाउदा उनीहरु मारमा परेका हुन् । नेपालीहरुको महान पर्व दशैको मुखैमा पनि तलब नपाउने लक्षण देखिएपछि कर्मचारीहरुमा निराशा छाएको छ ।

तलब नपाएपछि ऋण खोजेर भएपनि छोराछोरी पठाउनु परेको जिल्लाकोे सेक्टर वन कार्यालय बसन्तपुरका जमदार मनोज सिंहले गुनासो गरे । यद्यपी निजामती कर्मचारीका अधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुपेदार यादवले भने कर्मचारी समायोजनमा ढिलाइ भएका कारण तलब निकासामा ढिलाइ भएको बताए । उनले दशैं सम्ममा तलब सबै कर्मचारीहरुले पाउने बताए ।

पर्साको निजमती क्षेत्रमा रहेका कार्यालयका कर्मचारीहरुले चालु आर्थिक बर्षको साउनदेखिको तलब नपाएका हुन् । पर्सामा कर्मचारी समायोजन लगभग सकिएको बताइएको भएपछि जनप्रतिनिधिहरुले भने अझै कर्मचारी अभाव नै रहेको बताएका छन् ।