कुश्मा–बलेवा यान्त्रिक पुलको २२ प्रतिशत मुनाफा स्वीकृत

0
Shares

पर्वत ।
पर्वतको कुस्मा देखि बागलुङ्गको बलेवा जोड्ने कुस्मा– बलेवा यान्त्रिक पुलले गएको आर्थिक बर्ष २२ प्रतिशत मुनाफा सेयर धनीलाई बितरण गर्ने भएको छ।

कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडको शनिबार सम्पन्न सातौ साधारण सभाले आर्थिक बर्ष ०७४÷०७५ का लागि २२ प्रतिशत मुनाफा बितरण गर्न स्विकृत गरेको हो । कम्पनीले सञ्चालन भएको छैठौ बर्ष सम्म लगानी कर्तालाई १ सय ९ प्रतिशत मुनाफा बितरण गर्दैछ ।

लिमिटेडले अघिल्लो आर्थिक बर्षमा १८ प्रतिशत मुनाफा बितरण गरेकोमा गएको आर्थिक बर्षमा २२ प्रतिशत मुनाफा बितरण गर्न स्विकृत दिएको कम्पनीले जनाएको छ ।
‘यस बर्ष लगानीकर्तालाई २२ प्रतिशत मुनाफा बितरण गर्न साधारणसभाबाट स्विकृत गरिएको छ’ लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । साधारणसभाले बलेवा क्षेत्रमा रहेको कम्पनीको जग्गामा पर्यटकीय पुर्वाधार निर्माणका लागि आगामी आर्थिक बर्ष देखि मुनाफाको ५० प्रतिशत लगानी गर्ने प्रस्ताब समेत स्विकृत गरेको छ ।

यान्त्रिकपुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायी देखि कुस्मा र बलेवा क्षेत्रका गरी ४ सय ६३ जना सर्वसारधणले लगानी गरेका छन । यान्त्रिक पुल २०६९ फागुन २१ बाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका साविक १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारिक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका खेलेको छ । पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएको सञ्चालक सदस्य तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।

यसैबिच यान्त्रिकपुलको सातौ साधारणसभा तथा दोस्रो अधिबेशनको कम्पनीका अध्यक्ष होमनारायण श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले कालीगण्डकी करिडोर निर्माण तथा बलेवा बिमानस्थल सञ्चालन भएको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आगामी योजना बनाउन जरुरी रहेको बताए । साधारणसभामा अध्यक्ष श्रेष्ठ, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष तथा कम्पनीका सञ्चालक केदारनाथ शर्मा, कम्पनीका सल्लाहकार बलराम कर्माचार्य, साधारण सदस्यहरु जलन खत्री र चक्रबहादुर खत्री र निर्मला जिसी पन्तले मन्तब्य ब्यक्त गरेका थिए ।

अध्यक्षमा पूनः श्रेष्ठ
कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडको दोस्रो अधिबेशनबाट पूनः होमनारायण श्रेष्ठको अध्यक्षतामा पाँच बर्षका लागि नयाँ नेतृत्व चयन भएको छ ।
सञ्चालक समितिमा केदारनाथ शर्मा, हरिओम शर्मा लामिछाने, रामकृष्ण कर्माचार्य, लक्ष्मीकान्त आचार्य, गोपी अधिकारी, हिमबहादुर पौडेल, कमलकुमार जिसी, लक्ष्मीनारायण श्रेष्ठ, इश्वर गिरी, शैलेन्द्र कर्माचार्य र निर्मला जिसी पन्त निर्वाचित भएका छन ।