प्रदेश ७ को राजधानी र नामको विरोधमा डोटीका घर-घरमा कालो झण्डा

0
Shares

विमल बिष्ट, डोटी ।
प्रदेश नम्बर ७ को राजधानी र नामाकरणका लागि गठित सुझाव समितिले प्रदेशका जनताको भावना विपरित एकलौटि तवरले प्रदेश सभामा प्रतिवेदन पेश गरेको भन्दै डोटीमा पनि आन्दोलन सुरु भएको छ । डोटीका स्थानियबासीले घर-घरमा विरोध स्वरुप कालो झण्डा झुण्ड्याएका छन् ।

त्यस्तै आज बिहिबार ¥यालीसहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा विरोध प्रदर्शन सहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालिन डोटी बन्द गर्ने निर्णय भएको आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताउनु भयो ।

‘डोटेली लाई केन्द्रले पहिले देखी नै ठगेको थियो,अहिले आफनै प्रदेश सरकारले पनि ठगी ग¥यो उहाँले भन्नु भयो ‘दिपायलमा राजधानी नतोकिए हामी ससक्त आनन्दोलमा हहोमिने छौ ।’ डोटीमा आन्दोलनका कार्यक्रम घोषणा भएपछि शनिबार शिक्षक सेवा आयोगको परिक्षा दिन आउनेहरुलाई समस्या हुने भएको छ ।