मिस्टर नेपालले देखाए प्रतिभा

0
Shares

आगामी शनिबार राजधानीमा हुने मिस्टर नेपाल–२०१८ का प्रतियोगीले बुधबार ट्यालेन्ट शोअन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।
मिस्टर ट्यालेन्ट उपाधिका लागि प्रतियोगीले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषणलगायत आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन्। शोमा कोरियोग्राफर महेश केसी, मोडल प्रिया रानी लामा, मिस्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक रहेका थिए। देशका प्रमुख शहरबाट अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीले कोरियोग्राफर रोजिन शाक्य, दिक्पाल कार्कीलगायतबाट स्विमिङ, फुटबल, रक क्लाइम्बिङ, समाज सेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, ग्रुमिङ, मेकअप, ड्रेसवेयरजस्ता विषयमा प्रशिक्षण लिइरहेका छन्। प्रतियोगिता एक्सपोज नेपाल डटकमले आयोजना गर्न लागेको हो। प्रतियोगिताका विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर वल्र्ड–२०१८ मा सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएका छन्।