कमलले ल्याए एक प्रेमकथा

0
Shares

गायक कमल सौराग तिमी (एक प्रेम कथा) आधुनिक गीत लिएर सांगीतिक क्षेत्रमा आएका छन्। राजकुमार बगरको शब्द र संगीत तथा सौरागकै संगीत संयोजन रहेको गीत विन्ध्यवासीनी म्युजिक कम्पनीमार्फत सार्वजनिक गरिएको छ।

यसको म्युजिक भिडियोमा सौरागसँगै नायिका अनु शाहको अभिनय रहेको छ। काजिश श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियो अजय रेग्मीले खिचेका छन् भने दीपक विष्टले सम्पादन गरेका छन्। लोकगायनमा समेत अब्बल सौरागले हाल ैस्वयंवरमा माला लगाई, तिमी कस्ती भइछौंलगायत गीत पनि गाएका छन्। स्कुले जीवनदेखि नै सांगीतिक क्षेत्रमा लागेका कमलले गाएका घुम्ती नरपानी, दैलामुनी जौ, मनको धोकोजस्ता गीत हिट छन्। आधुनिक र लोक गीतका साथै उनले पछिल्लो समय इन्टु मिन्टु लन्डनमा फिल्मको एक गीतको एरेन्जसमेत गरेका छन्। उनले दर्जनौं गीत गाएका छन्।