सर्लाहीकी चन्दा यस वर्षको मिसेस इन्टरनेसनल

0
Shares

स वर्षको मिसेस नेपाल इन्टरनेसनलको ताज सर्लाहीकी चन्दा थापा गिरीले चुमेकी छिन्। रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा सोमबार अबेर राति विवाहित महिलाका बीच राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित चौथो संस्करणको प्रतियोगितामा चन्दा ३४ जनालाई पछाडि पार्दै विजयी भएकी हुन्। उनले मिसेस ट्यालेन्ट र बेस्ट ¥याम्प वकको उपउपाधिलाई पनि आफ्नो बनाएकी छिन्।

मिसेस नेपाल इन्टरनेसनल–२०१८ को उपाधि चुमेबापत चन्दाले स्कुटर पुरस्कार पाएकी छिन्। उनले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस इन्टरनेसनल–२०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गर्ने प्रतियोगिताका इभेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए। विभिन्न पेसाकर्मी महिलाबीच भएको प्रतियोगितामा स्मृति श्रेष्ठ फस्ट रनर्सअपसहित ब्युटी विथ पर्पस, प्रतिमा शर्मा सेकेन्ड रनर्सअपसहित मस्ट गर्जियस, जुनु शर्मा थर्ड रनर्सअपसहित बेस्ट स्माइल र रूपा शिवाकोटी फोर्थ रनर्सअप भएकी छिन्। विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अर्चना रिमाल बेस्ट स्किन, मनीषा पाण्डे बेस्ट पर्सनालिटी, प्रमिक्क्षा पोखरेल बेस्ट हेयर, सपना प्रधानांग मस्ट क्रियटिभ, दीपा थपलिया र दीपिका शर्मा म्यानेजमेन्ट च्वाइस, नम्रता गिरी पब्लिक र फेसबुक च्वाइस, रविना परियार फेसन आइकन, श्रीलक्ष्मी श्रेष्ठ थापा बेस्ट डान्सर, अनिता बिमली बेस्ट युट्युब भ्युज, मिसेस फोटोजेनिक र भ्युवर्स च्वाइस तथा बिना मगर जोशी मिसेस बब्ली फेस भएका छन्।

अश्विनीकान्त झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा मिसेस इन्टरनेसनल सिंगापुरका म्यानेजर विभरली ट्यान र दातो श्री शिव कुमारको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अभिनेता सुनिल थापा प्रमुख निर्णायक तथा अभिनेता आर्यन सिग्देल, मिसेस नेपाल ग्ल्याम–२०१८ एलिजा महर्जन, अधिवक्ता रवीन्द्र लामा र डा। अनिल मिश्र निर्णायक रहेका थिए। कार्यक्रममा एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्की, स्टार वन इन्टरटेनमेन्टका म्यानेजर तथा होटल व्यवसायी बालकृष्ण पोखरेल र फिल्म निर्देशक सुमन दाहाललाई रिबन नेसनल एक्सिलेन्स अवार्डबाट सम्मान गरिएको थियो। कार्यक्रममा गोपाल ढकाल ‘छन्दे’ले कमेडी र गायक रूपकुमार राईले गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।