विश्व पर्यटन दिवस मनाइँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
३९ औं पर्यटन दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् १९७० सेप्टेम्बर २७ का दिनलाई संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै सो दिनको संस्मरणमा सन् १९८० देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउने परम्परा शुरू भएको हो।

संयुक्त राष्ट्र संघको वल्र्ड टुरिजम अर्गनाइजेसनले प्रविधिको अधिकतम प्रयोग गरी संसारभर पर्यटकीय गन्तव्यलाई चिनाउने उद्देश्यले ‘पर्यटन र डिजिटल ट्रान्सफरमेसन’ भन्ने नारा अगाडि सारेको छ।

सो अर्गनाइजेसनले सामाजिक सञ्जालमा इन्स्ट्राग्राम र ब्लगको अत्यधिक प्रयोग गर्ने उद्देश्यले उक्त नारा अगाडि सारेको हो। पर्यटन दिवसको अवसमा विभिन्न गन्तव्यलाई डिजिटलाइजेसन गरिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो। उहाँले बिहीबार २० वटा गन्तव्यको डिजिटलाइजेसन गर्न लागिएको बताउनुभयो।

विगतका वर्षमा परम्परागतरूपमा पर्यटन दिवस मनाउने गरिएकामा यस वर्ष बोर्डले पनि देशभरका विभिन्न गन्तव्यलाई डिजिटलाइजेसन गरी पर्यटन प्रबद्र्धन गरिने प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ। यो वर्ष विश्व पर्यटन दिवसको नारा पनि त्यही रहकाले त्यसैको शुरूवात स्वरूप बोर्डले पनि कार्यक्रमको शुरूआत गरेको र यो प्रक्रियालाई निरन्तरता दिइने जोशीले बताउनुभयो।

यस्तै विश्व पर्यटन दिवसका अवसरमा होटल एसोसिएसन अफ नेपाल ९हान० ले आफ्ना सदस्यलाई होटलमा २० प्रतिशत छुट दिने भएको छ। सेप्टेम्बर २७ मा नेपाल आउने पर्यटकलाई ३ दिनसम्म उक्त छुट दिइने हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो। साथै यस अवसरमा होटलमा नेपाली खानाको समेत प्रबद्र्धन गरिने बताउँदै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हानको काउन्टरबाट छुटको कुपन वितरण गर्ने जानकारी गराउनुभयो।

सो सुविधा राजधानीसहित देशभरका होटलमा व्यवस्था गरिएको हानले जनाएको छ। हानअन्तर्गत देशभर करिब २ हजार होटल आवद्ध छन्। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ।