राजदूत सुवेदी आईसीओ अध्यक्षमा निर्वाचित

0
Shares

काठमाडौं, (नेस)
बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठन ९आईसीओ० को प्रवद्र्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ।
गत साता बेलायतको लन्डनमा सम्पन्न आईसीओको १२२औं अधिवेशनले सुवेदीलाई सन् २०१८÷१९ का लागि समितिको अध्यक्षमा निर्वाचित गरेको हो। उक्त अधिवेशनले नेपाललाई आईसीओको मूल समिति र तथ्यांक समितिको कार्यकारी समितिमा समेत निर्वाचित गरेको छ। उहाँ यसअघि मेक्सिकोमा सम्पन्न १२१औं अधिवेशनबाट सो समितिको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो।
आईसीओमा विभिन्न ५० मुलुक आबद्ध छन्। सो संस्था कफी उत्पादक राष्ट्रहरूको हक, हित र बजार सहजीकरणमा क्रियाशिल छ। गत वर्ष मात्रै आईसीओको पूर्ण सदस्यता प्राप्त गरेको नेपालले निकै छोटो अवधिमा प्राप्त गरेको सफलतालाई आईसीओ सदस्य मुलुकले ठूलो उपलब्धि भन्दै प्रशंसा गरेका छन्।