सन्दीप केरला किंग्समा अनुबन्धित


काठमाडौं, (नेस)
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई युएईको टि–१० लिग खेल्ने केरला किंग्स क्लबले अनुबन्धित गरेको छ।
नोभेम्बरमा हुने उक्त लिगमा सन्दीप रहेको क्लबमा इंल्यान्डका कप्तान आयन मोर्गान, वेस्ट इन्डिजका क्रिस गेल, किरन पोलार्डजस्ता खेलाडी समावेश छन्।
इन्डियन प्रिमियर लिगबाट टी–२० क्रिकेटमा चर्चित बनेका सन्दीपले हालै क्यारेबियन प्रिमियर लिग ९सीपीएल० र क्यानडामा सम्पन्न ग्लोबल टी–२० खेलिसकेका छन् भने अफगानिस्तान प्रिमियर लिगमा समेत उनी आबद्ध भइसकेका छन्।