स्वास्थ्य शिविर हुने

0
Shares

काठमाडौं, (नेस)
लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयकोे प्रा·णमा स्वास्थ्य शिविर सञ्चाल हुने भएको छ।
मुटुरोगको समाधानका लागि सरकारी प्रयासले मात्र समाधान नरहेको भन्दै लायन्स ब्लव अफ काठमाडौं लर्ड बुद्धले मुटु दिवसको उपलक्ष्यमा गुल्मीको तम्घासमा २ दिने बृहत् निःशुल्क स्वास्थ शिविर सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

कार्यक्रमअन्तर्गत असोज १३ गते प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ। ‘मुटु जोगाऔं, खानपान र व्यायाममा ध्यान दिऊँ, स्वास्थ्य परीक्षण गरौं, अरूलाई पनि सचेत बनाऔं’ भन्ने नाराका साथ प्रभातफेरि आयोजना हुने क्लबले जनाएको छ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी नेपालजस्तै विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्ने गरेका छन्। विश्व स्वास्थ्य संठनले पनि सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ। यो भयाभव अवस्थाकाट केही हदसम्म कम गर्न र सचेतना गर्नका लागि शिविर आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।