हत्यारालाई मृत्युदण्ड


बेइजिङ, (एजेन्सी)
एकजना चिनियाँ घरेलु सहयोगीलाई नियतवश आफूले काम गर्ने घरमा आगो लगाएर एक महिलासहित उनका ३ सन्तानको हत्या गरेको आरोपमा शनिबार मृत्युदण्ड दिइएको छ। चीनको हाङझोको पूर्वी शहरमा भएको उक्त घटनामा ३५ वर्षीया मो हुवानजिङलाई गत फेब्रुअरीमा अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। जुवाको कुलतका कारण धेरै ऋण लागेपछि मोले घरमा आगो लगाएर आफ्नो मालिकलाई सकुशल उद्धार गर्ने योजना बनाइएकी थिइन्। उद्धारपछि खुसी भएर मालिकले आफूलाई थप रकम सहयोग गर्ने उनले आशा गरेकी थिइन्।