बालबालिका मारिए


काबुल, (एजेन्सी)
अफगानिस्तानको उत्तरी फरयाव प्रान्तमा शनिबार भएको शक्तिशाली बम विस्फोटमा कम्तीमा ८ बालबालिकाको ज्यान गएको तथा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले सिरिन तागाव जिल्लामा भएको यस घटनाका लागि तालिवान लडाकूलाई दोष दिएको छ। गत साता मात्र सो क्षेत्र तालिवानको नियन्त्रणमा गएको थियो। विष्फोटन हुँदा ती बालबालिकाहरू एउटा प्रहरी चौकीनजिक खेलिरहेको प्रत्यक्षदर्शीले जनाएका छन्। अफगान आउटलेट टोलो न्युजले मारिनेहरू ६ देखि १२ वर्ष उमेरका रहेको बताएको छ।