सरकार विरोधी चिट्ठा


यसपटक फेरि लाहुरे चिट्ठा खुल्ने भएछ। लाहुर पनि चानेचुने ठाउँको हो र, सम्पन्न मुलुक अमेरिकाको। लाहुर जान नत दौडिनुपर्ने, नत ठूलै भारी बोक्नुपर्ने, नत हृष्ठपुष्ट ज्यान नै चाहिने गज्जबको लाहुरे चिट्ठा अर्को हप्ता खुल्ने खबर धरहराले सुन्यो।

अर्को हप्तादेखि अमेरिकाले डीभी चिट्ठा खोल्ने भएसी जस्तासुकै ज्यान भएका, सधैं विदेश उड्ने ध्यान चित्त भएकाहरूले निवेदन दिन सक्ने भएसी गज्जब भएन त रु स्वदेशमै निकै नाम र दाम कमाएकाहरू, सरकारी दानापानी अनि पुख्र्यौली सम्पत्तिले थिचिएकाहरू त खुसुक्क चिट्ठा भर्छन् भने अरूको के कुरा भो र ?

सरकारले जति सुकै ‘खुसी नेपाली र समृद्ध नेपाल’को नारा घोकाए पनि अमेरिकी लाहुरले सरकारलाई फ्लप बनाउछ भन्या। नेकपाका अन्धोभक्त कार्यकर्ता हुन् या, देउवा, कोइराला, पौडेलजस्ता नेताका आसेपासे नै किन नहुन् सबैको ध्यान चित्त उतै छ। बेलामौकामा हाम्रा नेता, मन्त्री भन्छन्– ‘सरकार असफल बनाउन देशीविदेशी शक्ति लाग्या छन्।’ नेताहरूको तर्क ठिक रैछ, यसरी अमेरिकाले वर्षेनी चिट्ठा खोलेर नेपालीलाई परदेशी बनाउने भएसी अमेरिका पनि सरकार विरोधी रैछ भन्ने पुष्टि भा छ।