एट्लेटिकोको सहज जित


लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राती एट्लेटिको मेड्रिडले सहज जित हासिल गरेको छ।
एट्लेटिकोले घरेलु मैदानमा हुएस्कालाई ३–० ले सहजै पराजित गरेको हो। खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो। लिगमा केही कमजोर शुरूआत गरेको एट्लेटिकोले मंगलबार भने उत्कृष्ट नतिजा हात पा¥यो। एट्लेटिकोका लागि एन्टोइन ग्रिजम्यानले १६ औं मिनेटमा गोलको खाता खोलेका थिए।
त्यसको १५ मिनेटपछि नै एट्लेटिकोले अग्रता दोब्बर पारेको थियो। एट्लेटिकोका थोमस पार्टेले लामो दुरीबाट प्रहार गरेको शक्तिशाली बल गोलमा परिणत भएको थियो। खेलको ३५ औं मिनेटमा हुएस्काका गोलरक्षक एक्सल वेर्नर र एट्लेटिको फरवार्ड एन्जल कोर्रिया दुवैले कोकेको पास लिन अगाडी बढ्ने क्रममा बलले जाली चुमेपछि एट्लेटिकोको गोलसंख्या तीन पुगेको थियो।
जितसँगै एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष दुई स्थानमा महारथी रियल मेड्रिड र बार्सिलोनाले नै आलोपालो गरिरहेका छन्। दुवै टोली जारी सिजनको ला लिगाको सिजन शुरू भएयता अपराजित नै छ। यता हारसँगै हुएस्का भने १८ औं स्थानमा झरेको छ।