सीटी ईएफएल कपको चौथो चरणमा


लन्डन, (एजेन्सी)
इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग ९ईएफएल० कपको चौथो चरणमा प्रवेश गरेको छ।
मंगलबार राति अवे मैदानमा भएको तेस्रो चरणको खेलमा अक्सफोर्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटीले चौथो चरणको यात्रा तय गरेको हो। सिटीको जितमा गाब्रियल जेसुस, रियाद महारेज र फिल फोडेनले गोल गरेका थिए। सिटीले खेलको ३६औं मिनेटमा जेससको गोलमार्फत् शुरूआती अग्रता लिन सफल भएको थियो। खेलको ७८औं मिनेटमा रियाद महारेजले गोल गरेपछि सिटी खेलमा २–० ले अघि बढेको थियो। यस्तै खेलको ९०औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीको तेस्रो गोल सम्भव भएको थियो।
युनाइटेड बाहिरियो

म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ। इएफएल कपको तेस्रो चरणको खेलमा मंगलबार राति च्याम्पियनसिप कप टोली डर्वी काउन्टीसँग सडनडेथमा ८–७ ले पराजित हुँदै युनाइेटड बाहिरिएको हो।

युनाइटेटको मैदान ओल्ड ट्राफोर्डमा भएको खेल निर्धारित समयसम्म २–२ गोलको बराबरीमा सकिएको थियो। युनाटेडका हुवान माटा र मराउने फेलियानील गोल गरेका थिए।
डर्वीकातर्पmबाट भने ≈यारी विल्सन र ज्याक मारिओटले गोल गरेका थिए। घरेलु मैदानमा युनाइटेडले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो। माटाले तेस्रो मिनेटमा गोल गर्न सफल भएका थिए। पहिलो हाफसम्म १–० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा सोचेअनुरुपको खेल्न सकेन।

दोस्रो हाफको ५९औं मिनेटमा ≈यारी विल्सनले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो। खेलको ६७औं मिनेटमा भने युनाइटेड १० खेलाडीमा समेटियो। गोलरक्षक सर्जियो रोमेरोले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि युनाइटेड संकटमा परेको थियो। फलस्वरुप ८६औं मिनेटमा ज्याक मोरिओटले गोल गरेपछि डर्बी २–१ ले अघि बढेको थियो।
तर, ९०औं मिनेटमा फेलियानीले गोल गरेपछि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटसम्म लम्बियो। निर्णायक पेनाल्टी प्रहारमा जोन स्टोन चुकेपछि युनाइटेडले ८–७ को हार व्यहो¥यो।