बालिका बलात्कार गरेको अभियोगमा पक्राउ

0
Shares

पर्वत, (नेस)
पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका एक युवा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्। घरमा सुतिरहेकी बालिकालाई बलात्कार गरेको अभियोगमा कुस्मा नगरपालिका–२ का विनोद नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ वर्षीया बालिका घरको बारदलीमा सुतिरहेको अवस्थामा बलात्कार गरेको असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी परेको थियो। अभियुक्त नेपालीलाई पर्वत जिल्ला अदालतबाट करणीसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धानका लागि ५ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।