रुकुम, (नेस)
कर्णाली प्रदेशका सांसद रातो कामीले मानवअधिकार र सामाजिक न्यायका पक्षमा अझै आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ। दिगो शान्ति, शुसासन तथा समाजमा मानवअधिकारको प्रत्याभूति दिलाउनका लागि अधिकारवादी संस्थाहरू पनि राज्यका सहयोगी भएको बताउनुभयो।
मुसिकोट खलंगामा आयोजित मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र ९हरप्लेस० नेपालको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै सांसद कामीले मानवअधिकार र सुशासनको क्षेत्रमा राज्यलाई संवेदनशील बनाएर काम गर्न गैससले विकल्पसहितका योजनाहरू ल्याउनुपर्नेमा जोड दिनुभयो। पछिल्लो समयमा महिला हिंसा, बालअधिकार हनन लगायतका घटना बढ्दै गएको त्यसको समाधानका लागि सचेतना प्रवाह गर्न जरुरी रहेको उहाँको भनाइ छ।











प्रतिक्रिया