किशोरी बलात्कृत

0
Shares

डोटी, (नेस)
डोटी जिल्लास्थित पूर्वीचौकी गाउँपालिकामा १ किशोरी बलात्कृत भएकी छिन्। पूर्वीचौकी गाउँपालिकामा बस्ने ३५ वर्षीय शिबबहादुर सुनारले अन्दाजी २२ वर्षीया किशोरीलाई बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुव्र विष्टले जानकारी दिनुभयो। बालिका शारीरिक र मानसिकरूपमा अस्वस्थ भएकाले बलात्कृत भएको हुन सक्ने प्रहरीको अनुमान छ।

बलात्कार गर्ने सुनारविरुद्ध जबरजस्ती करणी मुद्दा चलाइएको र सुनारलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक विष्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘बलात्कारको मुद्दा दर्ता भएको छ, हामीले अनुसन्धान शुरू गरेका छौं।’