मध्यपुरको दिगुभैरव टोलमा बालकरामले जिब्रो छेडे

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर

नेवारी समुदायको चाँडका रूपमा रहेको येँया पुन्हीको अवसरमा मध्यपुरको टोलमा मंगलबार मध्यराति जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ। प्रत्येक वर्ष जस्तै इन्द्र जात्राको भोलिपल्ट मंगलबार राति मध्यपुरको दिगुभैरवस्थित वडा नं ५ मा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको हो।

नेवारी परम्पराअनुसार जिब्रो छेड्ने जात्राको मन्त्र उच्चारणका साथ मध्यपुर थिमि नगरलाई स्मरण गर्ने गरिन्छ। परम्परालाई निरन्तरता दिन यस वर्ष बालकराम नानी श्रेष्ठले जिब्रो छेड्नुभएको हो। हजारौं दर्शकका अगाडि बालकरामले जिब्रो छेड्नुभएको थियो।
मध्यपुरमा वर्षको एकपटक मात्र नभएर दुईपटक जिब्रो छेड्ने प्रचलन छ। जसअनुसार पहिलोपटक वैशाखको पहिलो साता बिस्का जात्राको दिन दिउँसो बोडेमा जिब्रो छेडिन्छ भने दोस्रोपटक इन्द्रजात्राको भोलिपल्ट येँया पुन्हीको दिन दिगु टोलस्थित प्रचण्ड भैरव मन्दिर नजिकै रहेको डबलीमा जिब्रो छेड्ने चलन छ।

अन्यत्रको जात्रामा शान्ति सुरक्षामा समस्या भए पनि मध्यपुरको जात्रा मेलमिलापको प्रतीकका रूपमा मनाइने गरेको स्थानीयको भनाइ छ। धेरैले जिब्रो छेड्ने जात्रा भन्ने बित्तिक्कै वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा सम्झन्छन्। तर, मध्यपुर थिमिको दिगुु टोलस्थित दिगुभैरव मन्दिर अगाडिको डबलीमा पनि इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा मनाइन्छ।
विगतमा सञ्चालन भएर ११ वर्षसम्म सञ्चालनमा नआएको यो जिब्रो छेड्ने जात्रा गत वर्षबाट पुनः सञ्चालनमा आएको हो। इन्द्रजात्राको भोलिपटक निस्कने येँया पुन्हिया मेय् प्वाः खनेगु जात्रा आर्थिक तथा विभिन्न कारणले संकटमा पर्दै आइरहेको थियो।

मध्यपुर थिमि नगरबासी तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको सहयोगमा यसपटक मध्यपुर थिमि–५ चोडेटोल निवासी ४० वर्षीय बालकराम नानी श्रेष्ठले जिब्रो छेड्ेका हुन्। गत वर्ष भाद्र २१ गते मध्यपुर थिमि नगरपालिका वडा नं। ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेका थिए।

जात्रालाई व्यवस्थित एवं अर्यादित ढंगबाट सञ्चालन गर्न बनेको येँया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समितिका सचिव हरिसुन्दर श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दा भूतप्रेत, ख्याक जस्ता राक्षसबाट पीडित भएपछि थिमिका जनतालाई दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधन गरेपश्चात् भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरू यस ठाउँमा साहसिक व्यक्तिहरू बस्दा रहेछन् भन्दै भागेको जनश्रुति रहेको बताउनुभयो।

जिब्रो छेड्ने जात्राका लागि करिब एक महिना अगाडिदेखि नै तयारी गरिएको बताउनुभयो। जिब्रो छेड्ने नातु ९सुइरो० बनाउनका लागि करिब एक महिना अगाडि नातु बनाउने नकर्मीलाई खबर गर्न जानुपर्ने भन्दै उहाँले नातु बनाउन खबर गर्न जाँदा रातो भाले, समेबजीसहित नकर्मीको घरमा जाने र नकर्मीले नातु बनाइसकेपछि ३ हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्नुपर्ने प्रचलन रहेको बताउनुभयो। उहाँले जात्रामा त्रिशूल जस्तै तीनतिर शूल भएको नातु ९सुइरो० बनाएको बताउनुभयो।

जिब्रो छेड्न ८ दिनअगाडि द्यः दुसालेगु भन्ने गरेको र बालकुमारी मन्दिरमा ११ वटा किसली ९माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग० तथा रातो भालेको बली दिएर बालकुमारीको साधना गर्नुपर्ने चलन छ। जिब्रो छेड्ने जात्राको ४ दिनअघि थिमिको लाय्कुका पःमाहरूले अहिले पनि हनुमानढोका दरबारमा गई राजखड्ग लिएर जात्रामा डबलीमा राख्ने प्रचलनमा रहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले इन्द्रजात्राको दिनमा बालकुमारीमा छ्वयला ब्वः, रातो भालेको बलीसहितको पूजा गरेर भोज खुवाउने चलन रहेको समेत बताउनुभयो। त्यसैको भोलिपल्ट येँया पुन्हीको दिनमा दुता नं ९जामा० लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ। यो दिन जिब्रो छेड्ने व्यक्ति मौनव्रत बस्नुपर्दछ।
जिब्रो छेड्ने दिनमै बेलुकापख ९साँझ० बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ। त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु ९जामनः थरका व्यक्ति० को उपस्थितिमा भैरवको पूजा गरिन्छ। यो पूजापश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैविक शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काएर उल्टो हिँडाइ डबलीमा पु¥याइन्छ। सयौं जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुइरोबाट कमिनायोले जिब्रो छेडाउने काम हुन्छ। त्यसपछि म्यं ९महादीप० बोक्न लगाई उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गरिन्छ। यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै सँगसँगै नगर परिक्रमा गर्दछ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि गएको देखिन्छ। इच्छाएको ठाउँमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमिनायोले सो सुइरो निकालिन्छ। सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः ९नित्यनाथ० देवता परिसरको माटो राखिन्छ। अनि सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ। बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिइन्छ। त्यसपछि जात्रामा सहभागी व्यक्तिहरूलाई भोज खुवाइन्छ। भोज खाइसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनी द्यःलित तवनेगु ९विसर्जन पूूजा० का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन रहेको छ ।

२०५३, २०५९ र २०६३ सालमा गरी कृष्ण नानिचा श्रेष्ठले तीनपटक जिब्रो छेडेका थिए। स्थानीय संस्कृतिकर्मी प्रदीप श्रेष्ठले नगरको लोपोन्मुख संस्कृति, जात्राहरूलाई संरक्षण गर्न सम्बन्धित निकायले आवश्यक चासो देखाउनु पर्नेमा जोड दिनुभयो। कला, संस्कृतिले धनी मध्यपुर थिमिमा प्रत्येक वर्षको वैशाख २ गते बोडेमा र इन्द्रजात्राको भोलिपटक येँया पुन्हीमामा थिमिमा गरी वर्षमा २ पटक जिब्रो छेड्ने जात्रा हुने गरेकोे सञ्चारकर्मी रामकृष्ण शंखदेवले बताउनुभयो।

मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३ सय ५० वर्षभन्दा पहिलादेखि नै जिब्रो छेड्ने जात्रा शुरू भएको र एकै वर्षमा १७ जनाले जिब्रो छेडेको देखिन्छ। जिब्रो छेड्ने व्यक्ति मध्यपुर थिमिको श्रेष्ठ थरको नै हुनुपर्ने भए तापनि याँ मतः ९आकाशदीप० मानन्धरहरूले बोक्नुपर्ने हुन्छ।