गोकुल घोरसाइने, बारा
सीमा र बकैया खोलाको बालुवा ढु·ा ठेक्का लगाउने विषयमा उत्पन्न विवाद हल गर्न बुधबार बसेको निजगढ र कोल्हवी नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिहरूको बैठक निष्कर्षविहीन सकिएको छ।
सिमा विवादबारे छलफल गरी समाधान निकाल्ने उद्देश्यले निजगढ नगरपालिकाले आयोजना गरेको बैठकमा दुबै पक्षले आफ्नो अडान नछाडेपछि बैठक निष्कर्षबिना नै टु·िएको थियो। बैठकमा कोल्हवी नगरपालिका प्रमुख भरतबहादुर भण्डारीले ०५७ सालमा पुनारावेदन अदालत हेटौंडाले गरेको फैसला र नेपाल सरकारको नापी विभागबाट प्रकाशित आधिकारिक नक्साबाट समेत बकैया खोला कोल्हवी नगरपालिकामा पर्ने र सोहीअनुसार ठेक्काको बन्दोबस्तसमेत हुनुपर्ने दाबी गर्नुभएको थियो भने निजगढका प्रमुख खनालले परम्पारगत भोगचलनको हिसाबले बकैया खोला निजगढमा पर्ने र अदालतको फैसला र आधिकारिक भनिएका नक्सासमेत त्रुटीपूर्ण रहेकाले कोल्हवीको दावी नलाग्ने जिकीर गर्नुभएको थियो।
प्रमुख खनालले निजगढ नगरले आर्थिक ०७४÷०७५ का लागि बालुवा ढु·ाको ठेक्का लगाइसकेकाले अहिले आएर विवाद गर्न नमिल्ने र आगामी वर्षदेखि दुवै नगरको सहमतिमा ठेक्का लगाउने गरी सहमति गर्नसमेत बैठकमा प्रस्ताव गर्नुभएको थियो। पूर्वपश्चिम राजमार्गको बकैया पुलबाट दक्षिणमा बकैया खोलाको पश्चिममा आधा भाग दावी गर्दै कोल्हवीले बालुवा ढु·ा ठेक्काको लागि आ≈वान गरेको बोलपत्र आ≈वान सकार हुने प्रकपामा छ भने भोगचलको आधारमा सबै भू–भाग आफ्नोमा पर्ने दाबी गर्दै आएको निजगढले एक साताअघि ७ करोड ७७ लाख ७७ हजार ७७ रुपियाँमा बालुवा ढु·ाको ठेक्का लगाएको छ।
बैठकपछि प्रमुख भण्डारीले छलफल सौहाद्र्रपूर्ण वातावरणमा भएको तर कुनै निर्णयमा पुग्न नसकिएको जानकारी दिनुभयो। निजगढ नगरपालिका प्रमुख खनालले भने फेरि अर्को बैठक बस्ने समझदारीमा छलफल टु·िएको बताउनुभयो। छलफलमा निजगढ नगरकी उपमेयर लिलादेवी लामिछानेसहित दुवै नगरपालिकाका कार्यपालिका सदस्यहरूको पनि सहभागिता रहको थियो।











प्रतिक्रिया