नेपाल समाचारपत्रकर्मी पुरस्कृत

0
Shares

रुकुम, (नेस)
आहा सञ्चार पत्रकारिता पुरस्कारबाट नेपाल समाचारपत्रका रुकुम संवाददाता पुरस्कृत भएका छन्। पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर संवाददाता दाहाललाई पुरस्कार प्रदान गरिएको हो।
आहा सञ्चारले प्रत्येक वर्ष आफ्नो वार्षिकउत्सवको अवसरमा जिल्लामा एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। वरिष्ठ अधिवक्ता डा। नवराज गौतम र पत्रिकाका सम्पादक मेगराज खड्काले ५ हजार रहेको पुरस्कार राशी र प्रमाणपत्र प्रदान गर्नुभएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ अधिवक्ता डा। नवराज गौतमले आहा सञ्चार नामजस्तै समाचार र सूचना जनतामा लिन काम पनि आहा गरेको बताउनुभयो। पत्रकारिता क्षेत्र मानिसको तेस्रो आँखा रहेको उल्लेख गर्दै रुकुम जिल्लाको पत्रकारिता विकासका लागि आहा सञ्चारले विगतको जस्तै भविष्यमा पनि आफ्नो नामजस्तै काम गर्न सफल हुनुपर्ने उहाँकोे भनाइ थियो।