अज्ञात रोगले धानबाली नष्ट

0
Shares

कालिकोट, (नेस)
यहाँ जिल्लाको खाँडाचक्र नगरपालिका ताडी गाउँँमा धान भिœयाउने समय नजिकिँदा धानबाली सुकेर नष्ट भएपछि किसानहरू निराश भएका छन्। अज्ञात रोगका कारण धानका बाला जराबाट बोट नै सुक्न थालेपछि उनीहरू निराश बनेका हुन्।

धानको जिउलोभरि धानका बाला सुक्ने समस्या देखिएको स्थानीय किसान बसन्ती विकले बताइन्। ‘बाला सुकेको छ, बिस्तारै तर पात सुक्न लागेको छ। भिœयाउन नपाउँदै खेतमै पराल भइसक्यो,’ ताडी गाउँकी किसान वसन्तीले गुनासो गरिन्।

उनका अनुसार धानको बाला र पात सुक्दै गएको छ ।कुन रोग हो भन्ने थाहै छैन। दिनप्रतिदिन धानखेत सखापै भएको उनको भनाइ छ। उनले धान खेतको जिउलोनै नष्ट भएको बताइन्।

अर्का किसान रुप आचार्यले ४० पाथि खेतमा भएको धानबालीमा रोग लागेर नष्ट भएको बताए। ‘खेतको बीच–बीचमा धान सुक्ने समस्या देखिएको छ,’ –उनले भने। सुकेको धानलाई काटेर फाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ। दशैंको मुखमा पाक्न लागेको धानबाली सुक्न थालेपछि किसानहरू चिन्तित देखिएका छन्।

धानबालीमा के रोग लागेको हो किसानहरूले प्राविधिकहरूसँग जानकारी नगराएकाले आफूलाई थहा नभएको र जानकारी पाएमा प्राविधिक खटाउने खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख भक्तिराम शर्माले बताए।