निजी स्रोतका शिक्षक ‘सुर्नया शिक्षक’ का रूपमा नियुक्त

0
Shares

नेपाल समाचारपत्र, बैतडी
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको सुर्नया गाउँँपालिकाले गाउँँपालिकाभरिका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका सबै शिक्षकरुलाई सुर्नया शिक्षकका रूपमा नियुक्त गरेको छ। निजी स्रोतका शिक्षकहरूलाई तलब दिन विद्यालयहरूसँग आन्तरिक आम्दानी नभएकाले गाउँँपालिकाले निजी शिक्षकको तलब दिने व्यवस्था गरेको गाउँँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए।

गाउँँपालिकाले शिक्षा ऐन र कार्यविधि पारित गरेर सामुदायिक विद्यालयका निजी शिक्षकहरूको व्यवस्थापन गरेको उनले बताए। गाउँँपालिकाभरिमा रहेका ३९ सामुदायिक विद्यालयमा कार्यरत ८० भन्दा बढी शिक्षक र कार्यालय सहयोगीहरूलाई नियुक्त गरिएको होे।

गाउँँपालिकाले कक्षा मावि तहमा कक्षा १२ सम्म पढाउने शिक्षकलाई २५ हजार, मावि तहमा कक्षा १० सम्म पढाउने शिक्षकलाई २० हजार, आधारभूत तहमा कक्षा ८ सम्म पढाउने शिक्षकलाई १५ हजार र आधारभूत तहमा कक्षा ५ सम्म पढाउने शिक्षकलाई मासिक १० हजारका दरले तलब दिएको छ। यस्तै कार्यालय सहयोगीहरूलाई ८ हजारका दरले तलब दिने गरिएको जनाएको छ।

गाउँँपालिकाले निजी स्रोतका शिक्षकहरूलाई तलब दिने व्यवस्था गरेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको केदार मावि कठमडाका प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो– ‘विद्यालयसँग आर्थिक स्रोत नहुँदा निजी स्रोतका शिक्षक आउनेजाने चलन रहेकोमा अब त्यसो नहुने भएको छ।’
निजी स्रोतका शिक्षकलाई तलब दिन अभिभावकले पैसा तिर्नुपर्ने बाध्यता अन्त्य गर्न कार्र्यिवधि बनाएर गाउँँपालिकाले शिक्षक नियुक्त गरेको बताइएको छ।

शिक्षामाथि अभिभावकको भार कम गर्न गाउँँपालिकाले ‘सुर्नया शिक्षक’ नियुक्त गरेको हो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहलस्वरूप शिक्षक नियुक्त गरेको सुर्नया गाउँँपालिकाले जनाएको छ।
गाउँँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको छ।