टेक्सटाइल उद्योग सञ्चालनमा समस्या



उद्योग दर्ता ः उद्योग दर्ता गर्दा ४ किल्लाको सिफारिस लिनुपर्ने प्रावधान रहेको छ, जसले गर्दा ४ किल्लामध्ये कसैले दस्तखत गरिदिएन भने उद्योग दर्ता नहुने, थ्रि फेज लाइन लिनका लागि पनि विभिन्न बहानामा विद्युत् जडान गर्न समेत ढिलाई गरिदिने स्थिति रहेको छ। उद्योग सञ्चालनका लागि जग्गाको व्यवस्था नहुनु, जग्गा भाडामा लिने हो भने जग्गाधनीले बहाल कागज गरिदिनुपर्ने, जग्गाधनीले जग्गा कहालमा दिने, तर बहाल कागज गरिदिन नमान्ने अवस्था रहेको छ। लगानीको असुरक्षा आदिजस्ता कारणले गर्दा पनि उद्योग दर्तामा वृद्धि नभएको अवस्था छ।

दक्ष जनशक्तिको अभाव ः दक्ष जनशक्तिको अभावमा उद्योग बन्द हुने क्रममा रहेको छ।

ब्याजदरमा वृद्धि ः नेपालमा बैंक तथा वित्तीय संघसंस्थाले उत्पादकŒवलाई भन्दा अनउत्पादकत्वलाई ऋण उपलब्ध गराएको छ। उत्पादनमूलक उद्योगलाई १२ देखि १५ प्रतिशतसम्म ब्याजमा ऋण लगानी गरेको अवस्था छ।जसले गर्दा उत्पादित सामानको लागतमा वृद्धि भई स्वदेशी उत्पादित वस्तु विदेशी वस्तुको मूल्यको तुलनामा धेरे महँगो पर्ने गरेको छ। त्यसैले स्वदेशी उद्योगलाई बैंक तथा वित्तीय संघसंस्थाले ऋण लगानीमा न्यूनतम ३ देखि ५ प्रतिशतसम्मको ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने।

विद्युत् महसुलमा वृद्धि ः उद्योग तथा कलकारखानाका लागि पहिले सिंगलफेज विद्युत् प्रयोग कर्ताभन्दा उद्योगलाई केही सहुलियत दरमा बिजुली उपलब्ध गराउँदै आएको छ। हाल उद्योगलाई दिँदै आएको सहुलियत कटौती गरी विद्युत् महसुलमा वृद्धि गरेको छ। यसले उत्पादनको लागतमा वृद्धि हुने गरेको छ।

तालिमको अभावः टेक्सटायलसम्बन्धी इन्जिनियरको पनि अभाव भएकाले एउटा कपडा डिजाइन गर्नुप¥यो भने पनि कपडाको स्याम्पल भारत पठाई २ सय पर्ने एक डिजाइनका लागि १ हजारदेखि १५ सयसम्म तिर्न बाध्य भएका छांै। वास्तवमा यस किसिमको बुट्टाका लागि सफ्टवेयरको व्यवस्था भइसकेको भए तापनि नेपालका उद्यमीलाई यस किसिमको सफ्टवेयर सञ्चालन गर्न नजानेका कारण पनि कपडा उद्यमी उद्योग सञ्चालनमा पछाडि परेका छन्। टेक्सटायलसम्बन्धी समय–समयमा उद्यमीलाई त्यस किसिमको तालिम दिन सकेमा स्वदेशीले नै रोजगार पाउने, लागतमा कमी हुने र छोटो समयमा छिटोछरितो बुट्टा निकाली कपडा बजारमा उपलब्ध गराउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्