दशैंको मुखमा १३ कर्मचारीले दिए राजीनामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
२०७५ सालको बडादशैंको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन्।
आफूले पाउँदै आएको सेवा–सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएको समाचार स्रोतको दाबी छ।

सचिवालयले कर्मचारीलाई गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो। उक्त सुविधा नयाँ आर्थिक वर्ष ९०७५÷७६० शुरू भएपछि गत साउनदेखि कटौती गरिएको थियो। कतिपय कर्मचारीले सुविधा बढाउनुपर्ने माग राख्दै आएका थिए।

तर उनीहरूले स्वैच्छिक राजीनामा दिँदा आउने सुविधासमेत रोकिएला भनेर राजीनामाको खास कारण बताउन नसकेको समाचार स्रोतको जिकिर छ। यद्यपि राजीनामा दिनेहरूले घरायसी कारणले राजीनामा दिएको बताएका छन्।

राजीनामा दिनेमा उपसचिवदेखि कार्यालय सहायक र सवारी चालकसम्म छन्। राजीनामा दिनेहरूमा उपसचिव केशवप्रसाद आचार्य, मुद्रण अधिकृतहरू सागरकुमार तुलाधर र उद्धवप्रसाद गौतम, इलेक्ट्रिकल इन्जिनियर दिल देसार, नायब सुब्बा लालबहादुर चौहानलगायतका हुनुहुन्छ। उहाँहरूले अलग–अलग मितिमा राजीनामा दिए पनि सबैले यही असोज ७ गतेदेखि लागू हुने गरी निवेदन दिनुभएको हो। सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्की र हिमलाल सुवेदीले कार्यकाल रहँदै राजीनामा दिनुभएको थियो। कार्कीको राजीनामापछि डा। भरतराज गौतम र सुवेदीको राजीनामापछि ध्रुवप्रसाद घिमिरे सचिवमा बढुवा हुनुभएको छ।

राजीनामा दिनुभएका आचार्यले घरायसी कारण देखाउनुभएको छ। उहाँले ३३ वर्ष संसद् सचिवालयमा जागिर खानुभयो। यस्तै गौतमले व्यावहारिक समस्या देखाउनुभएको छ। उहाँले ३६ वर्ष जागिर खानुभयो। आचार्यले पहिले नै स्वैच्छिक अवकाशका लागि निवेदन दिनुभएको थियो। तर सरकारले स्वैच्छिक अवकाश दिन नसकिने कारण देखाउँदै अहिलेसम्म कुनै निर्णय गरेको छैन। गत फागुन १३ गतेसम्मका लागि आह्वान गरिएको समयभित्र ९ हजार ६ सय ५६ जनाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका थिए।
दशैंको।।।

संसद् सचिवालयको कर्मचारी प्रशासन शाखाका उपसचिव दिनेशप्रकाश आचार्यले कसैको राजीनामा स्वीकृत नभएको जानकारी दिनुभयो। यही असोज ७ गते बसेको व्यवस्थापन समितिको बैठकले पनि यसबारे कुनै निर्णय गरेको छैन। समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, संसद् सचिवालयका महासचिव, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिव र सचिवालयका २ जना सचिव रहने व्यवस्था छ। संसद् सचिवालयमा ४ सय ३५ जनाको दरबन्दी छ।