१८९ घण्टा चलेर संसद् बैठक स्थगित

0
Shares

गंगा बराल, काठमाडौं
संघीय संसद्को वर्षे अधिवेशन आज बिहीबार राति १२ बजेबाट अन्त्य हुँदै छ। प्रतिनिधिसभाको बैठक बिहीबारसम्म १ सय ८९ घण्टा चलेको प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखाले जनाएको छ।

महाशाखाका अधिकृत राजन घिमिरेका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा सबै दलका प्रमुख नेताले सम्बोधन गरेपछि बैठक अन्त्य हुनेछ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको ७९औं र २ बजे राष्ट्रियसभाको ६१औं बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक आजसहित ७२ दिन बस्नेछ। ७ वटा बैठक ५ मिनेट मात्र बसेको शाखाको तथ्यांक छ।
जेठ २८ गतेको, असार १७ गतेको दोस्रो बैठक, साउन ३ गतेको र साउन १७ गतेको बैठक सूचना टाँसेर स्थगित भएका थिए। सूचना टाँसिएकोलाई बैठक संख्यामा जोडिएको छैन तर उपस्थित भएका सांसदले हाजिरी भने जनाएका छन्। यसबीचमा १३ दिन २ वटा बैठक भए भने असार १८ गते ३ वटा बैठक बसेको छ। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सहसचिव वंशीराज पौडेलले बैठकमा सभामुख कृष्णबहादुर महराले अहिलेसम्म भएका विवरण प्रस्तुत गर्ने जानकारी दिनुभयो। लगातार १० वटा बैठकसम्म अनुपस्थित भएका सदस्यको अनुपस्थितिसम्बन्धी सूचना पढेर त्यसलाई सदनले सहमति जनाउनेछ।

वर्षे अधिवेशन सकिँदै

यो वर्षे अधिवेशन वैशाख २३ गतेबाट शुरू भएको थियो। ‘अधिवेशन समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुनेछैन’ –संविधानमा लेखिएको छ। तर बैठक बैठक सञ्चालन नरहेको अवस्थामा बैठक बोलाउनु आवश्यक छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित आ≈वान गरेमा पनि बैठक आ≈वान हुन सक्नेछ। राष्ट्रपतिले बैठक आ≈वान र अन्त्य गर्नुहुने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ मा अधिवेशनको आ≈वान र अन्त्यसम्बन्धी व्यवस्था छ।
२०७४ फागुन २१ गतेबाट संघीय संसद्को पहिलो बैठक बसेको थियो, यो बैठक चैत २० गतेसम्म चलेको थियो। पहिलो अधिवेशनमा राष्ट्रियसभाका १० वटा र प्रतिनिधिसभाका ११ वटा बैठक बसेका थिए।

यो बैठकमा दुवै सदनबाट पारित भएका मौलिक हकसम्बन्धी १६ वटा विधेयकले कानुनीरूप पाएका छन्।