बालिका बलात्कारको आरोपमा १० बर्षिय बालक पक्राउ

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
७ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १० बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते प्रहरीले पर्वतको जलजला गाउँपालिका १० बर्षिय बालकलाई पक्राउ गरेको हो ।
अभिभावकको उजुरीका आधारमा प्रहरीले सोही दिन साँझ पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले जबर्जस्ती करणी मुद्धा अन्तर्गत उजुरी दर्ता गरी पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीले बालकलाई अभिभावकको निगरानीमा रहने गरी घर पठाएको छ ।