‘मदिरा बिक्री नियन्त्रण गर्नुपर्छ’

0
Shares

चितवन ।
प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिग्राम जम्मकट्टेलले जथाभावी रुपमा मदिरा बिक्री भएको भन्दै नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

जिल्लाका जनप्रतिनिधि तथा प्रदेश सांसदसँगको छलफलमा उहाँले चिया पसलमा समेत मदिरा बिक्री गर्ने गरिएकाले त्यसलाई रोक्नुपर्ने बताउनुभयो । जिल्ला तहमा प्रदेश सांसद र जनप्रतिनिधिलाई गृह प्रशासनका कर्मचारीले अटेर गरेको गुनासो आएको भन्दै उहाँले हिजोको शैलीमा गृह प्रशासन सञ्चालन गर्न नहुने बताउनुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ लगायतले मदिरा नियन्त्रणका लागि प्रदेश सरकारले छिटोभन्दा छिटो कानून बनाउनुपर्ने बताउनुभयो ।
रासस