वर्षातमै खानेपानीको अभाव, ५ करोडको आयोजनाका काम अलपत्र

0
Shares

सरिता चलाउने, सल्यान ।
५ करोड भन्दा वढिको खानेपानी आयोजनाको काम समिती विवादका कारण अलपत्र परेपछि सल्यानको बन्गाड कुपिण्डेको सदरमुकाम सल्लीवजारका नागरिकले यो समयमा पनि खानेपानीको अभाव झेलीरहेका छन् । वर्षातमै यहाँका स्थानीयले प्रति घर ३० लिटरका दरले पानी उपयोग गर्नु परेको दुखेसो गरेका छन् ।

सल्लीवजारबाटै स्थानीय व्यापारीले यो आर्थिक वर्षमा ४० लाख भन्दा पढि कर नगरपालीकामा तीरेको देखिन्छ । तर बिडम्बना स्थानीय वजारवासि भने पानीको चरम संकट व्यहोरीरहेको व्यापारी गणेश वुढाले वताए । सल्लीवजारको लिफ्ट खानेपानीको ५ करोड भन्दा वढिको आयोजनाको काम समिती विवादका कारण ओझेलमा परेको छ । उक्त खानेपानी आयोजनाको रकम उपभोक्ता समिती विवादले गर्दा करिव काम नहुने छाँटकाँटमा पुगेको छ । पुरानै मुहानको पानी मर्मत र तत्तकाल वजारमा खानेपानी आपुर्तिका लागि इनार सिस्सटमबाट पानी तान्नको लागि नगरपालिकाले ३ लाख ५० हजार खर्च भए पनि उक्त काम सफल हुन नसकेको देखिन्छ । वजारमा आपुर्ति भएको पुरानो खानेपानीको पाईप लाईन मर्मतमा समेत नगरले ७० हजार खर्चेको देखिन्छ । उक्त काम समेत राम्रोसँग नहुदाँ मुहानको पानी हाल आएर बन्द रहे पछि ७० हजार कहाँ र कसरी खर्च भएको हो भनेर आम नागरिकले चासो व्यक्त गर्न थालेका छन् ।

प्राविधिक कारण र अपुग वजेटले इनारबाट पानी आउन नसकेको वजार व्यवस्थापन समितीका अध्यक्ष तथा कामको जिम्मा लगेका उपभोक्ता समितीका अध्यक्ष शिव वलीले वताए । प्राविधीकले त्रुटिपुर्ण इष्टमेट वनाएर रकम अपुग भएकोले उक्त आयोजना असफल भएको वलिको भनाई रहेको छ । तर नगरका प्राविधीकहरुले भने ७० हजारले यहाँका स्थानीय व्यक्तीले इनारबाट पानी तानेर उपयोग गरिरहेका छन् भने २ लाख ८० हजार वरावरको रकमले ३ वटा मोटरबाट पुरानै ट्याङकीमा पानी खसाउन सकिने गरि इष्टमेट तयार गरेको दावि गरिरहेका छन् । वजार व्यवस्थापन समितीका अध्यक्ष वलीले भने नगरले २ लाख ७ हजार मात्रै रकम निकासा गरेको र आफ्नो व्यक्तीगत ८० हजार खर्च भएको दावि गरेका छन् ।

कामको जिम्मा लगेका व्यक्तीले नै त्रुटिपुर्ण कार्य गरेको,इनारको गहिराई कम खनेको,कमशल खालको मोटर प्रयोग गरेका कारण इनारबाट पानी आउन नसकेको प्राविधीकहरु र स्थानीयको दावि छ । नगरले वजारवासिको मागलाई तत्काल मध्यनजर गरेरे छोटै समयका लागि भनेर वजेट विनीयोजन गरेको थियो । तर इनारबाट पानी नआउँदा कामले सार्थकता पाउन नसकि अलपत्र अवस्थामा छ । काम अलपत्र रहे पनि नगरपालीकाले कामको जिम्मा लगेका वजार व्यवस्थापन समितीका अध्यक्ष वलीलाई भने काम अधुरै रहेकोले २ लाख ७ हजार मात्रै भुक्तानी दिएको देखिन्छ । उक्त खानेपानी विनियोजित वजेटमा ठाडो अनियमितता काम भएको देखिन्छ ।

समितीले तेहि अलपत्र पारेर छाडेको इनारबाट भने स्थानीय पुष्कर वि.सी लगाएतका व्यक्तीहरुको पहलमा पुरानो ट्यांकिमा पानी तान्ने काम भैरहेको छ । वजेट सकि जाने पानी नआउने भने पछि स्थानीय वजार वासी आर्को्षित वनेका छन् । वर्षातमै वजारवासिले खानेपानीको चरम संकट झेलिरहँदा समेत यस प्रति जनप्रतिनिधीले कुनै वास्था नगरेको वजार वासीको भनाई रहेको छ ।