पोखरामा हराएकी बालिका मृत फेला

0
Shares

विजय नेपाली, पोखरा ।
पोखरामा हप्ता जसो बालिकाहरु मृत भेटिन थालेका छन । पोखराको लामचौर र फेवातालमा भदौ महिनामा दुई बालिकाको मृत्यु भएको खबर सेलाउन नपाउदै पुन अर्को बालिका मृत भेटिएकी छन । करिव एक महिनाको अन्तरमा एकै ठाउँका दुई बालिकाको मृत्युले यति बेला पोखराको पुम्दिभुम्दी त्रासमा परेको छ ।

एक महिना अगाडि भदौ ९ गते पोखरा बाटुलेचौर स्थित विन्ध्यवासीनि मावि कक्षा ६ मा अध्ययनरत बालिका बेपत्ता भएको एक दिन पछि मृत फेला परिन । १३ बर्षिया वालिका पुष्पा केसी बिहीबार विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकि थिइन् उनको शव आफ्नै घर भन्दा करिब साढे दुई किलोमिटर पर भेटिएको थियो । उक्त घटना घटेको एक दिन वित्न नपाउदै पुम्दीभुम्दी २२ की १६ वर्षीय बालिका सुस्मिता लामिछानेको फेवातालमा शव भेटिएको थियो । भदौ १० गते दिउँसो घरबाट निस्किएकी १६ वर्षीया सुस्मिता मध्येरात १२ बजेसम्म परिवारसँग फोन सम्पर्कमै थिईन् त्यस्को भोलि उनी पनि मृत भेटिइन ।

सोही वडाकी अर्कि बालिकाको मङलबार विहान घर नजिकै शब भेटियो । पोखरा महानगरपालिका वडा न। २२ पुम्दी भुम्दिकि १० वर्षिय बालिकाको शव भेटिएको हो ।

सोमबार साझ विधालयबाट घर फर्केर बिस्कुट किन्न गएकी १० वर्षिय श्रेया विक विस्कुट त किन्न गइन तर घर भने फर्केर आइनन । साझ अबेर सम्म उनको खोजी गरियो तर उनी भेटिएन । मङलवार विहानै उनका हजुर बुबा लिल बहादुर सुनारले छिमेकि तुलसी प्रसाद ढकाल लगायत केही छिमेकिलाइ आफ्नो नातिनी खोज्न आग्रह गर्दै नातिनी हराएको निवेदन दिन छोरेपाटन चौकी तिर लागे चौकी पुग्नै लाग्दा फोन आयो घरनजिकैको मन्दिर भन्दा ६(७ मिटर तल झ्याङ्गमा बालिका विक को शब भेटिएको खबर पछि मृतकका हजुरबुबाले प्रहरीलाई खबर गरि घटनास्थल तर्फ लागे ।

नातिनी हामी सङ्गै बस्थी बुधबार मात्र आफ्नो घर गएर आइतबार आएकी थिइ, हजुरआमाको पछिपछी लागेर गएकी नातिनिले भोक लाग्यो भने पछि उसलाइ विस्कुट किन्न पाँच रुपैयाँ दिएर पठाएकी थिइ, साझ अबेर सम्म घर नआए पछि राती करिब साढे दस बजे सम्म खोज्यौ भेटिएन, हामिले कुनै साथीको घरमा बसेकी होला भन्ने सोच्यौ तर नातिनी मृत भेटिइनू मृतकका हजुरबुबा लिल सुनारले भने । विहान शब खोज्ने क्रममा घर देखि करिब एक सय मिटर तल झाडिमा शब भेटिएको तुलसी प्रसाद ढकालले बताए । ू शब नग्न अवस्थामा थियो, साझ सबै ठाउँमा हेरिसकेको भने पछि मैले बाँस घारीतिर खोज्न छिमेकीलाई लिएर गए नजिकैको झाडिमा शब देखियो, शबको प्रकृति हेर्दा बलत्कार पश्चात हत्या गरि फालिएको जस्तो देखियोू उनले भने । आफुले हत्याराको प्रमाण नष्ट हुन सक्ने भन्दै शब देखेपछी प्रहरीलाई खबर गरेको उनले बताए । कास्की जिल्ला प्रहरिले घटनाको मुचुल्का उठाइ पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको डिएसपी रबिन्द्र गुरुङ्गले बताए । पोस्टमार्टम पश्चात् मात्र घटनाको बारेमा थाहा हुने गुरुङ्गले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र हत्या भएको भए दोषिलाइ कार्वाही गर्ने कास्की प्रहरिले बताएको छ । अनि घर नजिकैको झाडिमा मृत अवस्थामा फेला परेकी बालिकाको बलात्कार पछि हत्या भएको हुनसक्ने स्थानियहरुको भनाइ रहेको छ । घर नजिकैको जङ्गलको झाडिमा फालिएको जस्तो देखिएको र टाउकोमा चोट लागेको कारण बलत्कार पछि हत्या भएको हुन सक्ने कमल सुनारले बताए । ू टाउकोमा चोट लागेको छ, रगत पनि जमेको छ प्रहरिले कुकुर लगाएर अनुसन्धान गर्दा करिब एक किलोमीटर तल सम्म कुकुर आएको थियो बाटोमा पानी बगेको ठाउमा आएर कुकुर पनि अलमलियो उनले बताए ।

यश अघि पनि सोही वडाकी सुस्मिता लामिछनेको फेवातालमा मृत्युु अवस्थामा भेटिदा पोस्टमार्टमले पनि गलत रिपोर्ट दिएको र प्रहरिले समेत उक्त घटनालाइ आत्महत्या भनी देखाएको र मङलवार घटनालाइ पनि हत्या वा बल्तकार नभएको बताए पछि घटनाको बारेमा तत्काल सत्य तथ्य बाहिर ल्याउनुपर्ने भन्दै केहिबेर नाराबाजि गर्दै शबलाई पोस्टमार्टमको लागि लान रोकेका थिए ।

 

प्रहरी प्रशासन र डाक्टरको मिलेमतोमा घटनाको सत्य तथ्य लुकाउने काम भएको भन्दै आक्रोसित स्थानियले विरोध समेत गरेका थिए । आमा बेलकुमारी विक विरामी भएसङ्गै लिला आधारभुत विधालय कक्षा ३ मा पढ्दै गरेकी मृतक बालिका करिब दुई वर्षदेखी मामा घरमै बस्दै आएकी थिइन मृतक बालिकाको बुबा मान बहादुर विक भने दुई वर्ष देखि सम्पर्क विहिन रहेको मृतकी ठुलीआमा कल्पना रसाइलीले बताइन । बालिकाको शब पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कास्किले जानकारी दिएको छ ।